शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३
एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा)

मर्जरको सूचना चुहाए कारबाही, सेयर कारोबार रोक्का १५ दिनमात्रै

बिहीबार , साउन २६ २०७९
मर्जरको सूचना चुहाए कारबाही, सेयर कारोबार रोक्का १५ दिनमात्रै

काठमाडौं- नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) सार्वजनिक गरेको छ। मस्यौदामा दर्जनौँ नयाँ व्यवस्था राखिएको छ। नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्नुपर्ने निर्देशिकाको मस्यौदा बनाएको छ।

अब कम्पनीको मर्जर सम्झौता भएपछि मात्रै अधिकतम १५ दिनमात्रै सेयर कारोबार रोक्का हुने व्यवस्था गर्न लागेको हो। यो निर्देशिकासँगै वर्षौंसम्म कारोबार रोक्का हुने व्यवस्था हट्ने छ। 

‘एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ,’ निर्देशिकाको मस्यौदामा भनिएको छ।’

यस्तै, मर्जरपछि प्राप्ति गर्ने कम्पनीको नाम परिवर्तन नभएमा सेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ। ६ महिनाभित्र एकीकृत कारोबार गर्नु पर्ने हुन्छ। 

मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन्। ‘गाभ्ने गाभिने’ वा प्राप्तिसम्बन्धी जानकारी राख्ने संगठित संस्थाका संचालक, कर्मचारी, तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइने छैन,’ उक्त मस्यौदामा भनिएको छ।


प्रकाशित : बिहीबार , साउन २६ २०७९११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend