शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एकैदिन १०७ रुपैयाँले बढेको जाल्पा सामुदायिकको सेयर मूल्य कतिसम्म पुग्ला? यस्तो छ वित्तीय अवस्था

बिहीबार , साउन २६ २०७९
एकैदिन १०७ रुपैयाँले बढेको जाल्पा सामुदायिकको सेयर मूल्य कतिसम्म पुग्ला? यस्तो छ वित्तीय अवस्था

काठमाडौं- पछिल्लो समय जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढीरहेको छ। बिहीबार मात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०७ रुपैयाँले बढेको छ।

संस्थाको सेयर फागुन २७ गते दोस्रो बजारमा सूचीकृत भएको थियो। त्यसपछि लगातार बढेर ३१३१ रुपैयाँसम्म पुगेको थियो। पछि घटेको सेयर मूल्य बिहीबार बढेर ३०८८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। यस लघुवित्त वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि लघुवित्तको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.२० प्रतिशत बढेको छ कुल सञ्चालन आम्दानी ४०.३१ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा १.४५ प्रतिशत घटेको छ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ३४ पैसा घटेर ६१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३७.५९ गुणा रहेको छ भन प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ ७० पैसा रहेको छ।


प्रकाशित : बिहीबार , साउन २६ २०७९१०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend