शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

खराब कर्जा नियन्त्रणमा राख्न वाणिज्य बैंकहरू सफल, कुनकाे कति?

बिहीबार , साउन २६ २०७९
खराब कर्जा नियन्त्रणमा राख्न वाणिज्य बैंकहरू सफल, कुनकाे कति?

काठमाडाैं- वाणिज्य बैंकहरुले गत वर्ष खराब कर्जा अधिकतम २ प्रतिशतमै सीमित राखेका छन्। 

आर्थिक वर्ष २०७८ /७९ काे वित्तीय विवरण अनुसार सबैभन्दा बढी खराब कर्जा राष्टिय वाणिज्य बैंकको २ प्रतिशत  छ। सबैभन्दा न्यून नेपाल एसबीआई बैंकको ०.१५ प्रतिशत छ।  असार मसान्तसम्मको विवरणले राष्ट्र बैंकको सुविधाको कारण खराब कर्जालाई नियन्त्रणमा राखेको देखिएको छ।

नेपालमा ऋण लिएर ऋण नै सेटल गराउने क्रम बढेकाले खराब कर्जाकाे तथ्यांकमा कहिलेकाँहि विवाद हुँदै आएकाे छ।  एक प्रतिशतभन्दा कम खराब कर्जा भएका बैंकहरुमा  हिमालयन बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक,लक्ष्मी बैंक,  सानिमा बैंक,  माछापुच्छ्रे बैंक,  एनआईसी एसिया बैंक, मेगा बैंक रहेका छन्।  

खराब कर्जा धेरै हुनेमा राष्टिय वाणिज्य बै‌ंक एनसीसी बैंक नेपाल बैंक रहेको छ। अधिकांश बैंकहरू सचेत हुँदा खराब कर्जा नियन्त्रण गर्न सफल भएका छन्। दुई बर्षदेखि जारी काेराेना प्रभावको असर बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा पर्ने अनुमान थियो।  

तर नेपाल राष्ट्र बैंकले लगातार दुई वर्षको मौद्रिक नीतिमा कोराना प्रभावितहरुलाई पुनर्कर्जा, कर्जाको पुनर्संरचनाजस्ता सुविधाहरु प्रदान गरेको थियो। तर चालु आर्थिक वर्षको मौद्रिक नीतिले भने त्यसलाई हटाइदिएको छ।


प्रकाशित : बिहीबार , साउन २६ २०७९०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend