शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लगानीकर्ताको रोजाइमा अर्ब नाफामा रहेका मुक्तिनाथ र गरिमा विकास बैंक, यस्तो छ सूचकमा प्रतिस्पर्धा

बिहीबार , साउन २६ २०७९
लगानीकर्ताको रोजाइमा अर्ब नाफामा रहेका मुक्तिनाथ र गरिमा विकास बैंक, यस्तो छ सूचकमा प्रतिस्पर्धा

काठमाडौं- गत आर्थिक वर्षमा विकास बैंकहरूले ७ अर्ब २० करोड ५९ करोड रूपैयाँ नाफा आर्जन गरेका छन्। जुन अघिल्लो वर्षभन्दा ३१.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ५ अर्ब ४८ करोड ६३ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेका थिए।  

अर्बभन्दा बढी कमाउनेमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक रहेका छन्। वित्तीय विवरणअनुसार मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड २५ हजार रूपैयाँ नाफा कमाएको छ। त्यस्तै, मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैंकले १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रूपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

गरिमा विकास बैंकले ६८ अर्ब ४१ करोड निक्षेप संकलन गरी ५८ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ। त्यस्तै मुक्तिनाथ विकास बैंकले १ खर्ब ४ अर्ब निक्षेप संकलन गरी ८६ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ।

मुक्तिनाथ विकास बैंकले एक वर्षको अवधिमा ३ अर्ब ३७ करोड खुद व्याज आम्दानी गर्दा गरिमा विकास बैंकले २ अर्ब ६१ करोड खुद व्याज आम्दानी गरेको छ। व्याज आम्दानीमा व्याज खर्च घटाए पछि खुद व्याज आम्दानी आउँछ।

गरिमा विकास बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ४९ करोड संचालन नाफा गर्दा मुक्तिनाथ विकास बैंकले १ अर्ब ९६ करोड संचालन नाफा गरेको छ। गरिमा विकास बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५ करोड खुद नाफा गरेको छ भने मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड खुद नाफा गरेको छ।

प्रतिसेयर आम्दानीको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ। मुक्तिनाथ विकास बैंकको प्रति शेयर आम्दानी २४.२२ रुपैयाँ रहेको छ। भने गरिमा विकास बैंकको प्रति सेयर आम्दानी २३.०७ रुपैयाँ रहेको छ। गरिमा विकास बैंकको वितरणयोग्य मुनाफा ७५ करोड हुँदा मुक्तिनाथ विकास बैंकको ८१ करोड छ। गरिमा विकास बैंकको लाभांश क्षमता १६.३८ प्रतिशत देखिन्छ भने मुक्तिनाथ विकास बैंकको १४.४२ प्रतिशत देखिन्छ। 

गरिमा विकास बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ करोड छ भने मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रहेको छ। चुक्ता पुँजीको आधारमा मुक्तिनाथ विकास बैंक अघि छ। मुक्तिनाथ विकास बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड रुपैयाँ संचित छ भने गरिमा विकास बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ संचित छ।

मुक्तिनाथ विकास बैंकको बुधवार दोस्रो बजारमा ४४४ रुपैयाँ रहेको छ। भने ५२ हप्तामा ८५० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ३६८ रुपैयाँसम्म झरेको थियो। त्यस्तै गरिमा विकास बैंकको दोस्रो बजारमा ४०० रुपैयाँमा कारोबार भएको छ। बैंकको पछिल्लो ५२ हप्तामा ७५० रुपैयाँसम्म पुगेको थियो। भने घटेर ३१८ रुपैयाँसम्म आएको थियो। 


प्रकाशित : बिहीबार , साउन २६ २०७९०१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend