शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

महिला र उपकार लघुवित्तको अब्बल बन्ने प्रतिस्पर्धा, कुन किन्दा लगानीकर्तालाई के फाइदा?

बुधबार, साउन २५ २०७९
महिला र उपकार लघुवित्तको अब्बल बन्ने प्रतिस्पर्धा, कुन किन्दा लगानीकर्तालाई के फाइदा?

काठमाडौं- लगानीकर्ताको सर्वाधिक रोजाइमा परेका दुई लघुवित्त महिला र उपकार लघुवित्त वित्तीय संस्था कुन अब्बल हुने प्रतिस्पर्धामा रहेका छन्। दुवै कम्पनीले वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

अघिल्लो वर्षदेखि साधारण सेयर (आईपीओ) जारी गरेर दोस्रो कारोबारमा आएको महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिएको थियो। उपकार पनि गतवर्ष देखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनी हो। 

कम्पनीले यसवर्ष लाभांश दिने छ। महिला र उपकार कसले बढी लाभांश दिन्छ भन्ने भन्न नसकिएपनि सूचकमा दुवै अब्बल कम्पनी हुन्। महिलाले यसवर्ष पनि ५० प्रतिशतभन्दा बढी लाभांश दिने क्षमता राख्दछ। उपकारले पनि ५० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। 

दोस्रो बजारमा मंगलबार प्रतिकित्ता ३८१५ रुपैयाँमा महिला लघुवित्तको कारोबार भएको थियो। उपकारको ३७१० रुपैयाँमा कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा उपकारको सेयर मूल्य ३८१९ रुपैयाँसम्म पुगेको थियो। महिलाको ५४९० रुपैयाँसम्म कारोबार भएको थियो। 

गतवर्षको वित्तीय विवरणअनुसार उपकारको चुक्तापुँजी ६ करोड ५६ लाख रुपैयाँ रहेको छ। कम्पनीको ९१ करोड ८७ लाख ऋण प्रवाह गर्दा निक्षेप १ अर्ब ४ लाख रुपैयाँ संकलन गरेको छ। कम्पनीको नाफा ४ करोड ४७ लाख रुपैयाँ गर्दा प्रतिसेयर आम्दानी ६८.०९ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३३५९.५९ रुपैयाँ रहेको छ। पीई रेसियो ३९.६३ रुपैयाँ रहेको छ।

mahila.PNG

महिला लघुवित्तको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब ७७ करोड ऋण प्रवाह गर्दा निक्षेप ४ अर्ब ४४ करोड रुपैयाँ संकलन गरेको छ। कम्पनीको नाफा १५ करोड हुँदा प्रतिसेयर आम्दानी १०१.७६ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ ३०२.२६ रुपैयाँ रहेको छ। पीई रेसियो ३३.७९ रुपैयाँ रहेको छ। 

upakar.PNG

 


प्रकाशित : बुधबार, साउन २५ २०७९०४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend