शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ घटेर समायोजन, अब बढ्ला कि घट्ला?

मंगलबार, साउन २४ २०७९
नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ घटेर समायोजन, अब बढ्ला कि घट्ला?

काठमाडौं- लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नागरिक लगानी कोषको सेयर खरिद र बिक्री गर्नेहरु झुम्मिँदा सबैभन्दा धेरै कारोबार भएको छ।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन समेत भएको छ। मंगलबार १५ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। खरिदको भन्दा बिक्रीको चाप हुँदा बढीरहेको सेयर मूल्य मंगलबार प्रतिकित्ता २६ रुपैयाँ घटेर २८७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२१४.६२ रुपैयाँ पुगेको छ। बुधबार सोही मूल्यमा दोस्रो बजारमा कारोबार खुल्ने छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँ घटेर समायोजन भएको हो। 

कम्पनीको पछिल्लो एकवर्षमा प्रतिकित्ता ४२८४ रुपैयाँसम्म कारोबार भएको थियो। कम्पनीले आर्थिक वर्ष २०७७.०७८ का लागि चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। उक्त बोनस सेयर नागरिक लगानी कोषले आउदो भदौ ६ गते हुने सातौँ वार्षिक साधारणसभाबाट पारित हुँदैछ। 

 


प्रकाशित : मंगलबार, साउन २४ २०७९११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend