शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर थपिएसँगै सेयर मूल्यमा के असर पर्ला?

मंगलबार, साउन २४ २०७९
नेपाल टेलिकमको ३ करोड कित्ता बोनस सेयर थपिएसँगै सेयर मूल्यमा के असर पर्ला?

काठमाडौं- नेपाल टेलिकमको तीन करोड कित्ता सेयर सूचीकृत भएको छ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले वितरण गरेको बोनस सेयर धितोपत्र बजारमा मंगलबार सूचीकृत भएको हो। केही दिनमै कम्पनीको बोनस सेयर डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न पाइने छ। 

टेलिकमले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पुँजीको ४० प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गरेको थियो। जसमध्ये २० प्रतिशत कम्पनीले बोनस सेयर दिएको थियो।

बोनस सेयरपछि घटेको सेयर मूल्य अहिले पनि खासै बढेको छैन। १७९९ रुपैयाँसम्म सेयर मूल्य पुगेको कम्पनी घटेर ८२८ रुपैयाँसम्म झरेको थियो। कम्पनी ठूलो बन्दै गएकोले पुनः उच्च मूल्यमा जान केही समय कुर्नुपर्ने भएको छ। 

कम्पनीले उक्त आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पुँजी १५ अर्ब रुपैयाँमा २० प्रतिशत बोनस प्रस्ताव गरेको थियो। जसअनुसार १५ अर्ब रुपैयाँको २० प्रतिशत हुने ३ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण भएको थियो। 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ पुगेको छ। 


प्रकाशित : मंगलबार, साउन २४ २०७९०६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend