मंगलबार, जेठ १ गते २०८१    
images
images

धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाको सफल आरोहण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
images
images
धवलागिरि हिमालमा पहिलो पटक नेपाली महिलाको सफल आरोहण

संसारको सातौँ, ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाद्वारा सफल आरोहण भएको छ। धवलागिरि गाउँपालिका-४ मा पर्ने धवलागिरिमा गोरखाकी पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्।

images
images

म्याग्दी- संसारको सातौँ, ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाद्वारा सफल आरोहण भएको छ। धवलागिरि गाउँपालिका-४ मा पर्ने धवलागिरिमा गोरखाकी पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन्।

images
images
images

काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्। 

images

सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले शुक्रबार बिहान ५ बजे धवलागिरिको सफल आरोहण गरेका जानकारी दिए। 'धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्', उनले भने, 'धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।'

images
images

श्रेष्ठसँगै गएका माया शेर्पालगायतले आरोहण गरे/नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। 

images
images

पूर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। शेर्पा (पथप्रर्दशक) पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्। 

पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको गत यामको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन्। रासस

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०५:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend