काठमाडौं- नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसनदर सार्वजनिक गरेको छ। विगतका वर्षमै तोकिएको जस्तै कमिसनदरको सूची बोर्डले सार्वजनिक गरेको हो।
दोस्रो बजारमा कारोबार गर्नेहरूले बोर्डको सूचीअनुसार कमिसन शुल्क बुझाउनुपर्ने हुन्छ। विभिन्न किसिमका धितोपत्र किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ। भिन्न भिन्न धितोपत्रका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको छ।
सेयरको कारोबारमा
विवरण कमिसन (प्रतिशत)
५०,००० सम्म ०.४० %
५०,००१ देखि ५,००,००० सम्म ०.३७ %
५,००,००१ देखि २०,००,००० सम्म ०.३४ %
२०,००,००१ देखि १,००,००,००० सम्म ०.३०%
१,००,००,००० देखि माथि ०.२७%
सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा
विवरण कमिसन (प्रतिशत)
५,००,००० सम्म ०.१०%
५,००,००१ देखि ५०,००,००० सम्म ०.०५%
५०,००,००० देखि माथि ०.०२%
सामूहिक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा
विवरण कमिसन (प्रतिशत)
५,००,००० सम्म ०.१५%
५,००,००१ देखि ५०,००,००० सम्म ०.१२%
५०,००,००० देखि माथि ०.१०%