शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

चन्द्रागिरि नगरपालिकाको कर आइएमई पे बाट भुक्तानी गर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २३ २०७९
चन्द्रागिरि नगरपालिकाको कर आइएमई पे बाट भुक्तानी गर्न सकिने

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने भएको छ । 

‍काठमाडौं- चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट भुक्तानी गर्न सकिने भएको छ । 

आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी  विद्युतीय कर भुक्तानी सेवा सुरु गरेसँगै नगरपालिकाका सेवाग्राहीहरूलाई आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पत्ति कर  र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको  थियो। कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले विज्ञान प्रविधिको युगमा  नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीहरूलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरूमा सेवाग्राहीको चाप पनि कम हुने बताए।


प्रकाशित : सोमबार, साउन २३ २०७९१३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend