शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कर्जा विस्तार नहुँदा पनि साउनयता बैंकहरूको निक्षेप ९५ अर्ब घट्यो

सोमबार, साउन २३ २०७९
कर्जा विस्तार नहुँदा पनि साउनयता बैंकहरूको निक्षेप ९५ अर्ब घट्यो

काठमाडौं- साउनयता बैंकहरूको निक्षेप लगातार घटेको छ। तीन साताअगाडि बैंकहरूको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन २० गतेसम्म आउँदा घटेर ४४ खर्ब ४६अर्बमा आइपुगेको छ। जुन ९५ अर्बले कम हो। 

असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन साउन ६ गतेसम्म आइपुग्दा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो। यस्तै साउन १३ सम्म आइपुग्दा बैंकको निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। यस्तै साउन २० सम्म आइपुग्दा ४४ खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरूले कर्जा लगानी पनि घटेको छ। असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको कर्जा लगानी साउन २० सम्म आइपुग्दा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा आइपुगेको छ। 

साउन २० सम्म बैंकहरूको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, साउन २३ २०७९१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend