मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

१५ फाइनान्स कम्पनीको नाफासँगै लाभांश क्षमतासमेत घट्यो, कुनको कति?

images
सोमबार, साउन २३ २०७९
images
images
१५ फाइनान्स कम्पनीको नाफासँगै लाभांश क्षमतासमेत घट्यो, कुनको कति?
images
images

काठमाडौं- बैंक, विकास तथा लघुवित्तहरूले उत्कृष्ट नाफा कमाउँदा फाइनान्स कम्पनीहरूको नाफामा संकुचन आएको छ। प्रतिसेयर आम्दानीमात्रै नभएर लाभांश क्षमता समेत घटेको छ। 

images
images

गत आर्थिक वर्षको अन्तिमसम्ममा सबैभन्दा बढी लाभांश क्षमता भएको फाइनान्स कम्पनी आईसीएफसी फाइनान्स बनेको छ। गत वर्षको अन्तिमसम्ममा फाइनान्सले २० करोड ६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। कम्पनीको लाभांश क्षमता हेर्दा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ। गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १७.७९ रुपैयाँ रहेको छ।

images
images

गोदावारी मर्चेन्ट बैंकिङ फाइनान्स कम्पनीले ९ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा ९ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको लाभांश क्षमता ९.५३ प्रतिशत रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १०.३० रुपैयाँ रहेको छ। 

images
images
images

श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले गत वर्ष ९ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले वितरणयोग्य नाफा ७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको लाभांश क्षमता ७.८३ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ९.५९ रुपैयाँ रहेको छ। 

गुडवील फाइनान्स कम्पनीले गत वर्ष १८ करोड ८५ लाख रुपैयाँ नाफा गरेको छ। कम्पनीको वितरणयोग्य नाफा ७ करोड ९ लाख रुपैयाँ कमाएको छ। फाइनान्सको लाभांश क्षमता ७.५० प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी १९.९२ रुपैयाँ रहेको छ। 

नेपाल फाइनान्स कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा ५ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको थियो। फाइनान्सको लाभांश क्षमता ७.३६ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ६.६९ रुपैयाँ मात्रै रहेको छ। 

अघिल्लो वर्ष ४० प्रतिशत लाभांश दिएको मञ्जुश्री फाइनान्सको लाभांश क्षमता यस वर्ष घटेको छ। कम्पनीको लाभांश क्षमता ६.६९ प्रतिशत मात्रै रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.०२ रुपैयाँ मात्रै रहेको छ। फाइनान्सले १० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको वितरणयोग्य नाफा ९ करोड रुपैयाँ नाफा कामाएको थियो। 

जानकी फाइनान्स कम्पनीले गत वर्ष ४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा ४ करोड ३० लाखनै आर्जन गरेको छ। फाइनान्सको लाभांश क्षमता ६.२४ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ६.२४ रुपैयाँ रहेको छ। 

सेन्ट्रल फाइनान्स कम्पनीले ६ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा ५ करोड ५८ लाख रुपैयाँ रहेको छ। कम्पनीको ५.५८ प्रतिशत लाभांश क्षमता रहेको छ। प्रतिसेयर आम्दानी ६.७८ रुपैयाँ मात्रै रहेको छ। 

पोखरा फाइनान्सले गतवर्ष १० करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। वितरणयोग्य नाफा ५ करोडा ५८ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीको लाभांश क्षमता ५.३६ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ९.३७ रुपैयाँ रहेको छ। 

रिलायन्स फाइनान्स कम्पनीले गतवर्ष ७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा २ करोड ४५ लाख रुपैयाँ गरेको छ। लाभांश क्षमता २.३३ प्रतिशत मात्रै रहेको छ। यत कम्पनीको प्रतिसेयर आम्दानी ६.९० रुपैयाँ रहेको छ। 

गुँरास फाइनान्स कम्पनीले गतवर्ष ९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको वितरणयोग्य नाफा १ करोड ८७ लाख रुपैयाँ मात्रै रहेको छ। कम्पनीको लाभांश क्षमता २.१६ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी १०.६१ रुपैयाँ रहेको छ। 

प्रोग्रेशिभ फाइनान्स कम्पनी स्थापनाको २५ वर्षपछि लगातार दोस्रोपटक नाफामा गएको छ। कम्पनीले गतवर्ष ५ करोड १ लाख रुपैयाँ नाफा कमाएको छ। वितरणयोग्य नाफा पनि १ करोड ५५ लाख रुपैयाँ गरेको छ। कम्पनीको लाभांश क्षमता १.८३ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ५.९१ रुपैयाँ रहेको छ। 

समृद्धि फाइनान्स कम्पनीले गतवर्ष ६ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको वितरणयोग्य नाफा ५ लाख ६५ हजार रुपैयाँ मात्रै रहेको छ। कम्पनीको लाभांश क्षमता ०.०६ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी ०.७८ रुपैयाँ रहेको छ। 

बेष्ट फाइनान्स कम्पनीले गत वर्ष १६ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ। वितरणयोग्य नाफा १९ करोड ६५ लाख रुपैयाँ रहेको छ। कम्पनीको लाभांश क्षमता २३.७१ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी २०.१७ रुपैयाँ रहेको छ। 

गोर्खाज फाइनान्स कम्पनीले गतवर्ष ९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १०.६१ रुपैयाँ रहेको छ। फाइनान्स कम्पनीको वितरणयोग्य नाफा ६ करोड ८५ लाख रुपैयाँ रहेको छ। फाइनान्सको लाभांश क्षमता ७.८९ प्रतिशत मात्रै रहेको छ।


प्रकाशित : सोमबार, साउन २३ २०७९०५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend