बिहीबार , चैत १५ गते २०८०    
images
images

केएफसीको आक्रामक विस्तार, एक महिनामै खुले दुई नयाँ आउटलेट

आजदेखि नेपालगञ्जमा खुल्यो केएफसी

images
images
केएफसीको आक्रामक विस्तार, एक महिनामै खुले दुई नयाँ आउटलेट

नेपालगञ्जको भाटभटेनी सुपरमार्केटको भवनमा आउटलेट सञ्चालन आएको छ। यसमा १५ जन स्थानीयले रोजगारी पाएका छन्। 

images
images

नेपालगञ्ज- बाँकेको नेपालगञ्जमा केएफसीको आउटलेट आजदेखि सञ्चालनमा आएको छ। देवयानी इन्टरनेशनलले आजदेखि नेपालगञ्जमा आउटलेट सञ्चालनमा ल्याएको हो। 

images
images
images

यो केएफसीको उपत्यका बाहिरको चौथौ आउटलेट हो भने समग्रमा १२औँ आउटलेट हो। 

images

नेपालगञ्जको भाटभटेनी सुपरमार्केटको भवनमा आउटलेट सञ्चालन आएको छ। यसमा १५ जन स्थानीयले रोजगारी पाएका छन्। 

images
images

नेपाल प्रवेश गरेको एक दशकसम्म उपत्यकामा आउटलेट विस्तार गरिरहेको केएफसी काठमाडौं बाहिर पोखरा र भरतपुरमा मात्र सीमित थियो। तर पछिल्लो समय भने केएफसीले आक्रामक विस्तार गरिरहेको छ। 

kfcnpj2.jpeg

एक महिनामै दुई नयाँ आउटलेट खुलेका छन्। भदौ १९ गतेदेखि इटहरीमा नयाँ आउटलेट सञ्चालन गरेको कम्पनीले आजदेखि नेपालगञ्जमा सुरु गरेको छ। काठमाडौं बाहिरका मुख्य सहरमा आउटलेट विस्तार गर्ने योजनाअनुसार केएफसी अघि बढेको छ।

काठमाडौं बाहिरका सहरमा मान्छेहरूको आयस्रोत बढेको र उच्चमध्यम वर्गको विकास हुँदै गएपछि ठूला होटल तथा रेष्टुरेन्टको विस्तार बढ्दै आएको छ। स्वदेशी लगानीकै ठूला चेन होटल तथा रेष्टुरेन्टको विस्तार तीव्र भएको बेला बहुराष्ट्रिय ब्रान्ड केएफसीको पनि विस्तार भएको हो। 

नेपालमा केएफसी सञ्चालन गर्दै आएको देवयानी इन्टरनेशनलले काठमाडौं, हेटौँडा लगायतका सहरमा छिटै नयाँ आउटलेट खोल्ने योजना बनाएको छ। 

kfcnpj1.jpeg

काठमाडौं उपत्यकामा केएफसीका ८ वटा आउटलेट छन्। दरबारमार्ग, थापाथली, बौद्ध, पुल्चोकको लबीमा मल, महाराजगञ्जको भाटभटेनी, ठिमीको भाटभटेनी, कलंकी र नक्सालमा केएफसीका आउटलेट छन्।

पोखराको लेकसाइड र भरतपुरको सिजी ल्यान्डमार्कमा पनि आउटलेट सञ्चालित रहेका छन्। 

अमेरिकी  ब्रान्ड केएफसी र पिज्जाहटको पहिलो आउटलेट सन् २०१० देखि काठमाडौंमा खुलेको थियो। भारत लगायतका देशहरूमा देवयानी इन्टरनेशनले भारतले केएफसी, पिज्जाहट लगायतका फ्रेन्चाइजीको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ। 

सन् १९३० देखि सुरु भएको केएफसी अहिले संसारकै लोकप्रिय चिकेन रेष्टुरेन्ट चेनका रुपमा रहेको छ। क्रिस्पी,ग्रिल्ड लगायतका कुखुराको मासुका विभिन्न परिकार यसका सिग्नेचर मेन्युमा पर्छन्। 

संसारका ११८ देशमा १८ हजार ८७५ केएफसी रेष्टुरेन्ट छन्। सुरुमा नेपाल आउँदा विदेशबाट कुखुरा ल्याउने केएफसीले पछिल्लो समय भने नेपालकै कुखुरा खपत गरिरहेको छ।  

नेपालमा केएफसी आएसँगै क्रिस्पी/क्रन्ची चिकेन कल्चर विस्तार भएको छ। चिकेन परिकार केन्द्रित स्थानीय चेन रेष्टुरेन्टहरु पनि विस्तार भइरहेका छन्।

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०४:०४
  • सम्बन्धित विषय:

  • # केएफसी
  • # नेपालगञ्ज


  • प्रतिक्रिया दिनुहोस
    images
    ट्रेन्डिङ