शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

युनिलिभर नेपाल लिमिटेडको नाफामा छलाङ, प्रतिसेयर आम्दानी १६२९ रूपैयाँ

सोमबार, साउन २३ २०७९
युनिलिभर नेपाल लिमिटेडको नाफामा छलाङ, प्रतिसेयर आम्दानी १६२९  रूपैयाँ

काठमाडौ- युनिलिभर नेपाल लिमिटेडले १ अर्ब ४९ करोड ९४ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७४.१६ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी पनि ५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। कम्पनीको अन्य स्रोतहरुबाट हुने आम्दानी पनि ५ करोड ८८ लाख रुपैयाँबाट बढेर १२ करोड २९ लाख रूपैयाँ पुगेको छ।

त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १ हजार ६ सय २९ रुपैयाँ (वार्षिक) पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार ९ सय ४२ रूपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, साउन २३ २०७९०३:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend