शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

लाभांश क्षमता अब्बल बनाएको एभरेष्ट बैंकको सेयर मूल्य कहिले पुग्ला ३८००?

सोमबार, साउन २३ २०७९
लाभांश क्षमता अब्बल बनाएको एभरेष्ट बैंकको सेयर मूल्य कहिले पुग्ला ३८००?

काठमाडाैं- अघिल्ला बुलमा हट केकको रुपमा रहेको एभरेष्ट बैंक गत वर्षको बुलमा लगानीकर्ताको रोजाइँमा परेन। अहिले त एभरेष्ट बैंकको सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ। अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४११ रुपैयाँसम्म झरेको थियो। पछिल्लो समय फेरि बढेको सेयर मूल्य आइतबार ५०१ रुपैयाँ पुगेको छ। 

अघिल्लो बुलमा प्रतिसेयर ३८०० रुपैयाँसम्म पुगेको बैंकको गतवर्षको बुलमा जम्मा ७३९ रुपैयाँ मात्रै रहेको थियो। एक वर्षको अवधिमा बैंकको सर्वाधिक मूल्य ८११ रुपैयाँ रहेको थियो। 

ebl.PNG

आर्थिक वर्ष २०७२/७३ मा ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले गत आर्थिक वर्षमा १०.५३ प्रतिशतमा टार्‍यो। यसले गर्दा पनि सेयरधनीहरूको आकर्षण देखिएन। गतवर्ष पुनः बैंक लयमा फर्किएको छ। बैंकले ४१ प्रतिशत लाभांश दिने क्षमता राख्नेगरी नाफा बढाएको छ। जुन २६ बैंक मध्ये सबैभन्दा धेरै हो। 

यस वर्ष बैंकले उच्च व्यवस्थापन तथा प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको छ। भारतको पञ्जाव नेशनल बैंकको प्रमुख सेयरधनी रहेको बैंकको रणनीतिक व्यवस्थापन पञ्जाव नेशनलले नै गर्छ। बैंकले अन्य बैंकहरूसँग पहिलाको जस्तै गरी प्रतिस्पर्धा गर्न सकेको छैन। त्यसले गर्दा पनि वित्तीय अवस्थामा अन्य कम्पनीलाई उछिन्न नसकेको हो। 

गत आर्थिक वर्षमा एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी रहेको छ। बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ। त्यस्तै बैंकको लाभांश क्षमता ४१.३२ प्रतिशत रहेको छ। जुन २६ बैंकमध्ये सबैभन्दा धेरै लाभांश क्षमता हो।  

अघिल्लो आवको तुलनामा गत आवको असार मसान्तसम्म आइपुग्दा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेको छ।अघिल्लो असार मसान्तमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो असार मसान्तको तुलनामा गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेख्य सुधारले नाफा बढाउन सहयोग गरेको देखिएको छ।

अघिल्लो असार मसान्तसम्म आइपुग्दा ३ अर्ब ९५ करोड ६३ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत असार मसान्तमा आइपुग्दा ५ अर्ब ४२ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

असार मसान्तसम्म आइपुग्दा बैंकको अधिकांश वित्तीय सूचक निकै राम्रो देखिएको छ। बैंकको जगेडा कोष पनि निकै बलियो देखिएको छ। ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९ करोड २९ लाख ३६ हजार रुपैयाँ रहेको छ।

१ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा बैकको खराब कर्जा भने ०‍‍.१२ प्रतिशतबाट बढेर ०.२४ प्रतिशत पुगेको छ। २७.०१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४०.७३ पैसा रहेको छ।


प्रकाशित : सोमबार, साउन २३ २०७९००:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend