सोमबार, वैशाख २४ गते २०८१    
images
images

विकास बैंकहरूको नाफामा छलाङ, दोस्रो बजारमा कुन अब्बल कुन खराब?

images
images
images
विकास बैंकहरूको नाफामा छलाङ, दोस्रो बजारमा कुन अब्बल कुन खराब?
images
images

काठमाडौं- गत आर्थिक वर्षमा विकास बैंकहरूले ७ अर्ब २० करोड ५९ करोड रूपैयाँ नाफा आर्जन गरेका छन्। जुन अघिल्लो वर्षभन्दा ३१.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ५ अर्ब ४८ करोड ६३ लाख २५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेका थिए।  

images
images
images

नाफा धेरै कमााउनेमा मुक्तिनाथ विकास बैंक पहिलो भएको छ। बैंकले १ अर्ब ३७ करोड २५ हजार रूपैयाँ नाफा कमाएको छ। त्यस्तै, मुक्तिनाथलाई पछ्याउँदै गरिमा विकास बैंकले १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रूपैयाँ नाफा आर्जन गरेको छ।

images

ज्योति विकास बैंकले गत वर्ष ७० करोड १५ लाख रूपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ६६ करोड ३८ लाख रूपैयाँ नाफा कमाएको थियो। 

images

सांग्रीला डेभलपमेन्ट बैंकले ५९ करोड ५८ लाख रुपैयाँ नाफा गरको छ। गत वर्ष बैंकले ४१ करोड रूपैयाँ नाफा गरेको थियो।

images
images

साइन रेसुङा विकास बैंकले ६४ करोड ५२ लाख रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो वर्ष ५० करोड ३७ लाख रूपैयाँ नाफा कमाएको थियो। 

ग्रिन डेभलेपमेन्ट बैंकले २४ करोड १८ लाख रूपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो वर्ष १२ करोड ९८ लाख रूपैयाँ नाफा गरेको थियो। 

मितेरी डेभलपमेन्ट बैंकले १५ करोड ३६ लाख रूपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले १४ करोड ५६ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो। 

नारायणी डेभलपमेन्ट बैंकले १५ करोड ५७ लाख नाफा गरेको छ। अघिल्लो वर्ष बैंकले ११ करोड ९४ लाख नाफा गरेको थियो। कर्णाली विकास बैंकले ३७ करोड ९३ लाख नाफा गरेको छ। अघिल्लो वर्ष ५० करोड ८७ लाखा नाफा गरेको थियो। अहिले नाफा घटेको हो। एक्सेल डेभलेपमेन्ट बैंकको पनि नाफा घटेको छ। 

अघिल्लो वर्ष १३ करोड ३६ लाख नाफा गरेकोमा अघिले ११ करोड ४० लाख रूपैयाँ मात्रै नाफा गरेको हो। कर्पोरेट डेभलेपमेन्ट बैंकले अघिल्लो वर्ष ३३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएकोमा गत वर्ष घटेर १० करोड ४८ लाख रूपैयाँमा खुम्चिएको छ। 

सिन्धु विकास बैंकको नाफा वृद्धिमा आक्रामक बनेको छ। विकास बैंकहरूमध्ये सिन्धुले सबैभन्दा धेरै ११३.५२ प्रतिशत नाफा वृद्धि भएको छ। सिन्धुले गत वर्ष ६८ करोड १० लाख रूपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष ३१ करोड ८९ लाख रूपैयाँ नाफा कमाएको थियो। 

महालक्ष्मी बिकास बैंकले ९५ करोड १९ लाख नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ६६ करोड रुपैयाँ रहेको थियो। कामना विकास बैंकले ६३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ५९ करोड ८१ लाख रूपैयाँ नाफा कमाएको थियो।

यता सप्तकोशी डेभलपमेन्ट बैंकले १६ करोड नाफा कमाएको छ। अघिल्लो वर्ष १० करोड ५५ लाख रूपैयाँ नाफा कमाएको थियो।

लुम्बिनी विकास बैंकले ६७ करोड ५६ लाख रूपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ४३ करोड ३९ लाख रूपैयाँ नाफा कमाएको थियो।

images

प्रकाशित : आइतबार, साउन २२ २०७९१२:४१

प्रतिक्रिया दिनुहोस