शुक्रबार, चैत १६ गते २०८०    
images
images

मेघौली सेराईमा ‘मनसुन अफर’, २० हजारसम्म छुट

images
बिजनेस न्युज
images
मेघौली सेराईमा ‘मनसुन अफर’, २० हजारसम्म छुट
images
images

काठमाडौं- चितवनको मेघौलीमा रहेको ताज सफारी रिसोर्ट मेघौली सेराईले मनसुन अफर ल्याएको छ। ‘एक्सपेरियन्स मनसुन एट मेघौली सेराई- अ ताज सफारि रिसोर्ट’ अन्तर्गत रिसोर्टमा आउने पाहुनाहरुले विशेष छुट पाउने छन्।

images
images
images

विश्व संम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुन्जसंगै राप्ती नदिको किनारमा अवस्थित मेघौली सेराई स्थानीय थारु कला संस्कृतीको प्रवद्र्धन गर्ने जंगल सफारी रिसोर्ट हो। प्रकृतिको मनोरम दुश्य अवलोकनका साथै स्थानीय थारु कला, संस्कृती र स्वादमा स्वदेशी र विदेशी पाहुनाहरु रमाउन मेघौली सेराई आउने गर्छन्। 

images

मनसुन अफर अन्तर्गत खाना एवं पेय पदार्थ र जंगल सफारीमा १० प्रतिशत छुट दिइएको छ भने स्पामा १५ प्रतिशतको छुट घोषणा गरिएको छ। यस अफर अन्र्तगत ब्रेकफास्ट, लन्च, डिनर, मुख्य इन्फिनिटी पूल, जिम, योग कोठालगायतका सुविधाहरु प्नि आगन्तुकले प्राप्त गर्ने छन्।

images
images

 यो मनसुनमा चितवनको सौन्दर्य अनुभव गर्दैे रिसोर्टको राप्ती भिल्लामा आरामदायी समय विताउन पाइने छ। यहाँका रहेक भिल्लामा एउटा निजी प्लन्ज पूल (सानो स्विमिङ पुल) छ। यस भिल्लामा एक रातको प्याकेजमा एक जोडीलाई नियमित मूल्यमा २० हजारसम्म छुट प्रदान गरिएको छ। छुटपछिको मुल्य २९ हजार ९ सय ९९ रहेको छ। प्याकेजमा दुई जनाको लागि ब्रेकफास्ट, लन्च र डिनर पनि यसै प्याकेजमा उपलब्ध हुनेछ । 

त्यस्तै, मेघौली डिलक्स रुमहरुमा एक जोडीले १९ हजार ९ सय ९९ मै प्याकेज प्राप्त गर्न सक्ने छन्। यस प्याकेजमा पनि दुई जनाको लागि ब्रेकफास्ट, लन्च र डिनर उपलब्ध रहनेछ। 

रिसोर्टले आफै उत्पादन गर्ने ‘घडि फुल’को अर्गानिक स्वागत जुससंगै सुरु हुने मेघौली सेराईको बसाईमा मनसुन अफरले पाहुनाहरुलाई थप रोमान्चित बनाउने विश्वास रिसोर्टले लिएको महाप्रबन्धक बिन्नी सेबास्टियनले बताए। उनले यो अफर अगस्ट ३१ सम्म कायम रहने जानकारी दिएका छन्।

मेघौली सेराई नेपालको एकमात्र बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलको एकाइ सीजी हस्पिटालिटी अन्तर्गत संचालित छ। दुई दशक लामो इतिहास बोकेको सीजी हस्पिटालिटीसंग ताज, ताज सफारी, भिभान्ता, जेटविङ, र्‍याडिसन, एको, फेयरमन्टलगायतका विश्वव्यापी ब्रान्डहरू एवं द जिंक, द फर्न, समिट, द फार्मलगायतका स्वदेशी हस्पिटालीटी ब्राण्डहरुको स्वामित्व रहेको छ।  रूपमा सबैभन्दा प्रतिष्ठित सम्पत्तिहरूको स्वामित्व छ। स्वदेशी ब्रान्डहरू जस्तै द जिंक, द फर्न, समिट, द फार्म र थप । सीजी  हस्पिटालिटीको स्वामित्वमा ८ हजाार ३ सय २६ भन्दा बढी साँचोहरू सहित १२ देशका १ सय १ गन्तव्यहरूमा १ सय ४२ लक्जरी होटल, रिसोर्ट, सफारी र आवासहरू छन्।

images

प्रकाशित : आइतबार, साउन २२ २०७९१०:२२
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ