सोमबार, वैशाख २४ गते २०८१    
images
images

गएको साता घटेको बजारमा यो साता पहिलो कारोबारमा सुधार, लगानीकर्ताको विश्वास फर्किएला?

images
images
images
गएको साता घटेको बजारमा यो साता पहिलो कारोबारमा सुधार, लगानीकर्ताको विश्वास फर्किएला?
images
images

काठमाडौं- गएको साता २७.२५ अंकको गिरावटसँगै लगानीकर्ताले विश्वास गुमाएको बजारमा यो साताको पहिलो कारोबारमा आइतबार सुखद अवस्था देखिएको छ। 

images
images
images

आइतबार १०.२७ अंकले बढेर बजार २१२३.८२ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। 

images

गएको साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको थियो। बुधबार ६.७१ अंकले घटेको बजारमा बिहीबार पनि ३८.६१ अंकको गिरावट नै आएको थियो। शुक्रबार ३४.८५ अंकले घटेर थियो।

images

नियामकहरूले सेयर कारोबारमा लचिलो नीति लिने संकेत गरिरहँदा पनि परिसूचकमा उत्साह देखिन सकेको छैन। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

images
images

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार अहिले थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार भेटेका छैनन्। विश्लेषकहरू अहिलेको उतारचढावपूर्ण अवस्थाले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

images

प्रकाशित : आइतबार, साउन २२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस