शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

गएको साता घटेको बजारमा यो साता पहिलो कारोबारमा सुधार, लगानीकर्ताको विश्वास फर्किएला?

आइतबार, साउन २२ २०७९
गएको साता घटेको बजारमा यो साता पहिलो कारोबारमा सुधार, लगानीकर्ताको विश्वास फर्किएला?

काठमाडौं- गएको साता २७.२५ अंकको गिरावटसँगै लगानीकर्ताले विश्वास गुमाएको बजारमा यो साताको पहिलो कारोबारमा आइतबार सुखद अवस्था देखिएको छ। 

आइतबार १०.२७ अंकले बढेर बजार २१२३.८२ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। 

गएको साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको थियो। बुधबार ६.७१ अंकले घटेको बजारमा बिहीबार पनि ३८.६१ अंकको गिरावट नै आएको थियो। शुक्रबार ३४.८५ अंकले घटेर थियो।

नियामकहरूले सेयर कारोबारमा लचिलो नीति लिने संकेत गरिरहँदा पनि परिसूचकमा उत्साह देखिन सकेको छैन। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार अहिले थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार भेटेका छैनन्। विश्लेषकहरू अहिलेको उतारचढावपूर्ण अवस्थाले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 


प्रकाशित : आइतबार, साउन २२ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend