शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

पिपुल्स पावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

आइतबार, साउन २२ २०७९
पिपुल्स पावरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौं- पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको हो।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित दरका २४ लाख ६७ हजार ४ सय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक लाख २३ हजार ३७० कित्ता अर्थात पाँच प्रतिशत सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

सार्वजनिक आह्वानपत्रअनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ  ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सेयर’को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले इलामको इलाम नगरपालिका-१ र ४मा पर्ने पुवा खोलामा चार दशमलव ९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। उक्त कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ।


प्रकाशित : आइतबार, साउन २२ २०७९०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend