शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी बढ्दा लाभांश क्षमता कति?

आइतबार, साउन २२ २०७९
महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी बढ्दा लाभांश क्षमता कति?

काठमाडौं- महालक्ष्मी विकास बैंकले गत वर्ष ९५ करोड १९ लाख नाफा आर्जन गरेको छ। जुन नाफा अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतको वृद्धि हो। कम्पनीले अघिल्लो वर्ष ६६ करोड नाफा कमाएको थियो। 

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो। अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत र सञ्चालन नाफा ४५ प्रतिशत वृद्धि भएको छ।  

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि बढेको छ। अघिल्लो आवमा कम्पनीको प्रतिसेयर आम्दानी  १९.७५ रुपैयाँ रहेकोमा गत आवमा बढेर २३.७३ रुपैयाँ पुगेको हो। त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा ५८ करोड ६१ लाख रुपैयाँ रहेको छ। कम्पनीको लाभांश क्षमता १४.६१ प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, साउन २२ २०७९०५:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend