शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एसियन लाइफ इन्स्योरेन्सको लाभांशमा व्यापक गिरावट, सेयर र नगद लाभांश कति?

आइतबार, साउन २२ २०७९
एसियन लाइफ इन्स्योरेन्सको लाभांशमा व्यापक गिरावट, सेयर र नगद लाभांश कति?

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीले पाउने लाभांशगत वर्षभन्दा घटाएर प्रस्ताव गरेको छ।  

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। यो लाभांश अघिल्लो वर्षभन्दा १२ प्रतिशत कम हो।  इन्स्योरेन्सले आव २०७६/७७ को नाफाबाट २७ प्रतिशत लाभांश दिएको थियो। जसमध्ये २५ प्रतिशत बोनस सेयर वितरण भएको थियो।

इन्स्योरेन्सले कायम चुक्तापुँजीको १४.५० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। बाँकी ०.७३ प्रतिशत नगद लाभांश हो। हाल इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ छ। प्रस्तावित बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ पुग्नेछ।

asiain.PNG


प्रकाशित : आइतबार, साउन २२ २०७९०५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend