शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन?

आइतबार, साउन २२ २०७९
अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कति दिने आवेदन?

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओमा आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ। 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो।

कम्पनीले निष्कासन गरेको ९ लाख ७५ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ५ सय कित्ता कर्मचारीहरूका लागि तथा ५ प्रतिशत अर्थात् ४८ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि सर्वसाधारणले आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको  । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात् उक्त पूँजी २५ करोड पुग्नेछ।


प्रकाशित : आइतबार, साउन २२ २०७९०४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend