बिहीबार , वैशाख ६ गते २०८१    
images
images

सेयरधनीलाई लाभांश दिने क्षमतामा नबिललाई उछिन्याे एभरेष्ट बैंकले, कुन बैंकको कति?

images
images
सेयरधनीलाई लाभांश दिने क्षमतामा नबिललाई उछिन्याे एभरेष्ट बैंकले, कुन बैंकको कति?
images

काठमाडौं- वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७४ अर्ब ८० करोड रुपैयाँ नाफा गरेका छन्। अघिल्लो वर्ष बैंकहरुले ६० अर्ब ७४ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए। 

images
images
images

गत वर्ष सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक बनेको छ। २६ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड नाफा कमाउँदै पहिलो बनेको हो। दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाउँदै तेस्रो बनेको छ।

images

त्यस्तै चौथोमा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ। नाफा कमाउनेभन्दा पनि दोस्रो बजारमा हुने कारोबारमा भने लगानीकर्ताले बैंकहरुको लाभांश क्षमताका आधारमा लगानी गर्दै आएका छन्।

images

images
images

कुन बैंकको लाभांश क्षमता कति? 

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवमा २ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको वितरण योग्य नाफा १ अर्ब ४२ करोड ४६ लाख रुपैयाँ रहेको छ। जसबाट लगानीकर्ताहरुले १०.०३ प्रतिशतसम्म लााभांश पाउन सक्छन्। 

एनआईसी एसिया बैंक 

एनआईसी एसिया बैंक लिमिटेडले ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको छ। बैंकको वितरण योग्य नाफा २ अर्ब २४ करोडभन्दा बढी रहेको छ। एनआईसी एसिया बैंकले लाभांश क्षमता १९.३७ प्रतिशत रहेको छ।

ग्लोबल आईएमई बैंक

एक वर्षमा ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब २० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकको वितरण योग्य नाफा ३ अर्ब १९ करोडभन्दा बढी रहेको छ। बैंकको १३.४० प्रतिशत लाभांश क्षमता रहेको छ। 

प्रभु बैक 

प्रभु बैंकले गत वर्ष २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको वितरण योग्य नाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ। बैंकले सेयरधनीहरुलाई ११.१० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। 

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले २ अर्ब १६ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ रहेको छ। बैंकले सेयरधनीलाई १२.९५ प्रतिशत लाभांश दिने क्षमता राख्दछ।

सानिमा बैंक 

सानिमा बैंक लिमिटेडले २ अर्ब २९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ। बैंकले सेयरधनीहरुलाई १२.९७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ।

लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटेडले १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको वितरण योग्य नाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ। बैंकले सेयरधनीहरुलाई बैंकले १०.८६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ।

सनराइज बैंक

सनराइज बैंक लिमिटेडले २ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ६१ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता २.५३ प्रतिशत मात्रै रहेको छ। 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २ अर्ब २ करोडभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ४७ करोडभन्दा बढी छ। बैंकले लगानीकर्तालाई १३.१९ प्रतिशत लभांश क्षमता रहेको छ। 

नेपाल इन्भेष्टमेण्ट बैंक  

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४ अर्ब ८ करोडभन्दा बढी खुद नाफा गरेको छ। बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ३ करोड ८३ लाखभन्दा बढी रहेको छ। बैंकको ११.०८ प्रतिशत लाभांश क्षमता रहेको छ। 

स्ट्याण्डर्ड चार्टर्ड बैंक 

गत आर्थिक वर्षमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब २६ करोड ९८ लाखभन्दा बढी खुद नाफा गरेको छ। बैंकको वितरण योग्य नाफा भने १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ। बैंकको लाभांश क्षमता १६.८६ प्रतिशत रहेको छ। 

एभरेष्ट बैंक

गत आर्थिक वर्षमा एभरेष्ट बैंकको खुद नाफा २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी रहेको छ। बैंकको वितरण योग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ। त्यस्तै बैंकको लाभांश क्षमता ४१.३२ प्रतिशत रहेको छ। जुन २६ बैंकमध्ये सबैभन्दा धेरै लाभांश क्षमता हो।  

हिमालयन बैंक 

हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब ४८ करोडभन्दा बढी खुद नाफा गरेको छ। बैंकको वितरण योग्य नाफा २ अर्ब ६६ करोडभन्दा बढी रहेको छ। बैंकको लाभांश क्षमता २०.५१ प्रतिशत रहेको छ। 

प्राइम कमर्सियल बैंक 

प्राइम कमर्सियल बैंक लिमिटेडले गत वर्ष ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। बैंकको वितरण योग्य नाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता १२.६७ प्रतिशत रहेको छ। 

कुमारी बैंक

कुमारी बैंकले गत वर्ष २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता १२.०५ प्रतिशत रहेको छ। 

कृषि विकास बैंक

कृषि विकास बैंकले २ अर्ब ६९ करोड मात्र खुद नाफा गरेको हो। गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ९० करोडभन्दा बढी रहेको छ। बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता २९.५७ प्रतिशत रहेको छ।

एनएमबी बैंक 

गत आर्थिक वर्षमा एनएमबी बैंक लिमिटेडले ३ अर्ब ७० करोडभन्दा बढी खुद नाफा गरेको छ। बैंकको वितरण योग्य नाफा २ अर्ब ३९ करोडभन्दा बढी रहेको छ। बैंकको १३.०१ प्रतिशत लाभांश क्षमता रहेको छ। 

नबिल बैंक 

गत आर्थिक वर्षमा नबिल बैंक लिमिटेडले ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको छ। यस अवधिसम्म बैंकको वितरण योग्य नाफा भने ९ अर्ब १२ करोडभन्दा बढी रहेको छ। बैंकको लाभांश क्षमता ३९.९४ प्रतिशत रहेको छ। 

राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता २०.२९ प्रतिशत रहेको छ।

नेपाल एसबीआई बैंक 

नेपाल एसबीआई बैंक लिमिटेडले गत वर्ष १ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरण योग्य नाफा १ अर्ब ४४ करोड ८८ लाख रहेको छ। बैंकको लाभांश क्षमता १४.७४ प्रतिशत रहेको छ। 

सिद्धार्थ बैंक 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य नाफा २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश क्षमता १६.८२ प्रतिशत रहेको छ। 

बैंक अफ काठमाण्डू 

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षमा १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ। बैंककको वितरणयोग्य नाफा १ वर्ष ३० करोड रुपैयाँ रहेको छ। बैंकले सेयरधनीलाई १२.२३ प्रतिशत लाभांश दिने क्षमता रख्छ। 

नेपाल बैंक

नेपाल बैंक लिमिटेडेल गत आर्थिक वर्षमा ३ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ। वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने क्षमता रख्छ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले गत वर्ष १ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको नाफाबाट बैंकको वितरण योग्य नाफा ९१ करोड रुपैयाँ गरेको छ। बैंकले सेयरधनीलाई साढे ९ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

सिभिल बैंक

सिभिल बैंकले गत वर्ष १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। सिभिल बैंकको नाफा ५२ करोड ७७ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरण योग्य नाफा १ अर्ब भएको उल्लेख गरेको छ। बैंकको लाभांश क्षमता ११ प्रतिशत रहेको छ। 

मेगा बैंक 

मेगा बैंकले गत वर्ष २ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। मेगा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकको सेयरधनीलाई १० प्रतिशत लाभांश दिने क्षमता राख्छ।

images

प्रकाशित : शनिबार, साउन २१ २०७९०१:३१

प्रतिक्रिया दिनुहोस