शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

प्रगतिउन्मुख राष्ट्रिय गौरवतर्फका सिँचाई आयोजना

images
images
images
प्रगतिउन्मुख राष्ट्रिय गौरवतर्फका सिँचाई आयोजना

कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार पाँच सय २० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दोरूपमा सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको महाकाली सिँचाई आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९९.३९ प्रतिशत र वित्तीय प्रगति ९४.०२ प्रतिशत बराबर रहेको छ।

images
images

काठमाडौं- सरकारले असाध्यै महत्व दिएर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति औसतभन्दा पनि कमजोर रहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतका त्यस्ता परियोजनाले भने आव २०७८/७९ मा भने उल्लेख्य प्रगति गरेका छन्।

images
images
images

भौतिक तथा वित्तीय प्रगतिका हिसाबले ती आयोजनाको प्रगति उल्लेख्य रहेको पाइएको छ। मन्त्रालयमातहत विभिन्न सातवटा सिँचाईका आयोजना राष्ट्रिय गौरवका आयोजनाका रूपमा सूचीकृत छन्। मन्त्रालयमातहत रहेका आयोजनामा महाकाली सिँचई, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाई, सुनकोसी मरिण डाइभर्सन आयोजना र विद्युततर्फ बुढीगण्डकी जलविद्युत आयोजना छन्।

images

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले केही दिनअघि सम्पन्न गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेश भएको विवरणानुसार गत आवमा राष्ट्रिय गौरवका रहेका आयोजनाको प्रगति राम्रो रहेको पाइएको हो।

images

कैलाली र कञ्चनपुर जिल्लाको ३३ हजार पाँच सय २० हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दोरूपमा सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको महाकाली सिँचाई आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९९.३९ प्रतिशत र वित्तीय प्रगति ९४.०२ प्रतिशत बराबर रहेको छ। समग्रमा सो आयोजनाको प्रगति भने न्यून छ। तर सो आवको वार्षिक प्रगति भने सकारात्मक देखिएको हो।

images
images

यस्तै सिँचाईतर्फकै अर्को आयोजना सिक्टाको पनि वार्षिक प्रगति राम्रो रहेको पाइएको छ। मन्त्रालयका अनुसार आव २०७८/७९ मा सो आयोजनाको वार्षिक भौतिक प्रगति ७५.९३ प्रतिशत र वित्तीय प्रगति ७७.७३ प्रतिशत बराबर भएको छ।

सो आयोजनाको पुलसहित ३१७ मिटर लामो ब्यारेज सम्पन्न भएको छ। कुल ४५.२५ किलोमिटर लामो पश्चिम मूल नहर सम्पन्न भएको छ। पूर्वी नहरको कार्य ८६.१६ प्रतिशत सम्पन्न भई फत्तेपुर लिंक नहरसम्म पानी सञ्चालन भएको छ। पश्चिम नहरको सिधनिया शाखा १२.९ किलोमिटरसम्म नहर निर्माण, अकलगरवहवा शाखा ४.६ किलोमिटरसम्म पूरा भएको छ।

अनेकन समस्यामा परेको सो आयोजना निर्माणको अन्तिम चरणमा छ। आयोजना सम्पन्न भएपछि बाँके जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध हुनेछ। बर्दियाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको बबई सिँचाई आयोजनाको पनि वार्षिक प्रगति भने राम्रो छ।

मन्त्रालयका अनुसार सो आयोजनाको आव २०७८/७९ मा भौतिक प्रगति ८५.६५ प्रतिशत र वित्तीय प्रगति ९८.४७ प्रतिशत बराबर रहेको छ। आयोजनाको करिब ८०.२८ किलोमिटर मूल नहर निर्माण, हेडवक्र्स एक, २५.२५ किलोमिटर नदी नियन्त्रण र दुई सय ३५.६३ किलोमिटर शाखा, उपशाखा र प्रशाखा नहर निर्माण सम्पन्न भएको छ।

यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको हाल बागमती सिँचाई आयोजनाबाट रौतहट र सर्लाहीको कुल ४५ हजार छ सय हेक्टरसमेत कुल एक लाख २२ लाख हेक्टरमा सिँचाई सुविधा पुर्‍याउने र ३१.०७ मेगावाट बिजुलीसमेत उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरिएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको वार्षिक प्रगति राम्रो रहेको पाइएको छ।

सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८.६७ प्रतिशत र वित्तीय ९१ प्रतिशत बराबर छ। आयोजनाको रामेछाप जिल्लाअन्तर्गतको डुबानमा पर्ने जग्गा अधिग्रहणको सम्बन्धमा जग्गाको मूल्यांकन सम्पन्न भइ मुआब्जा वितरणको कार्य भइरहेको छ। सिन्धुली जिल्लातर्फको जग्गाको मूल्यांकन सम्पन्न भइ मुआब्जा वितरणको कार्य सम्पन्न भएको छ।

सुरुङ निर्माणका लागि ठेक्का सम्झौता भई आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन भएका छन्। टनेल बोरिङ मेसिन (टीबीएम)ले सुरुङ खन्नका लागि आवश्यक संरचनासमेत तयार भइसकेको छ। टीबीएमका सामान कोलकाता बन्दरगाह हुँदै नेपाल आउने क्रममा छन्। केही सामान निर्माणस्थलमा आइपुगेको छ भने जडान कार्यसमेत भइरहेको छ।

बाँके र बर्दियाको कुल ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको पनि आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ८०.७० प्रतिशत र वित्तीय प्रगति ७२.०६ प्रतिशत बराबर छ। सो आयोजनाको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको भए पनि बाँध तथा विद्युतगृह निर्माणको काम प्रभावकारी बन्न सकेको छैन।

सो आयोजनाको संशोधित लागत अनुमान ३६ अर्ब ८० करोड ७७ लाख ४२ हजार रुपैयाँ छ। बाँध र विद्युतगृहको भौतिक प्रगति भने ४१ प्रतिशतमात्रै छ। आयोजनाबाट कुल ४६.८ मेगावाट बिजुलीसमेत उत्पादन हुन्छ। सो आयोजनाको कुल भौतिक प्रगति भने ५७ प्रतिशत बराबर छ।

सिँचाईतर्फकै अर्को आयोजना रानी जमरा, कुलरियाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ६९.१३ प्रतिशत बराबर छ। सो आयोजनाको हालसम्म मूल नहरको सम्पूर्ण कार्य सम्पन्न भएको छ। सो आयोजनाबाट कैलाली जिल्लाको २० हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा उपलब्ध हुन्छ।

यस्तै मन्त्रालयतर्फको अर्को महत्वपूर्ण आयोजना बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले कम्पनी स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। सो आयोजनाको आव २०७८/७९ को वार्षिक भौतिक प्रगति ९८ प्रतिशत छ। आयोजनाको वार्षिक बजेट ६ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेकामा ६ अर्ब ४ करोड २६ लाख रुपैयाँ खर्च भएको छ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङ जिल्लाको कुल ४८ हजार नौ सय ९१ रोपनी जग्गाको मुआब्जावापत ३४ अर्ब नौ करोड वितरण भइसकेको छ। सो आवमा मात्रै २०७ रोपनी जग्गाको मुआब्जा वितरण गरिएको थियो। डुबान क्षेत्रमा पर्ने २२ हजार एक सय ६४ घर गोठलगायत भौतिक संरचनाको लागि चार अर्ब ८८ करोड ३१ लाख साथै फलफूल तथा बोटबिरुवाको क्षतिपूर्ति निर्धारण गरी छ लाख ४१ हजार पाँच सय २८ वटा फलफूल तथा बोटबिरुवाका लागि ९२ करोड ३४ लाख बराबर वितरणकार्य सम्पन्न भएको छ।

निरन्तरको प्रयासका बाबजुद राष्ट्रिय गौरवका आयोजनाको प्रगति प्रभावकारी हुन सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको भनाइ छ। उनले नियमितरूपमा प्रगति प्रतिवेदन माग्ने तथा समस्या फुकाउन केन्द्रित भएर लाग्दा आयोजनाको प्रगति उल्लेख्य भएको जानकारी दिइन्। अपेक्षितरूपमा काम नभए पनि आव २०७८/७९ को वार्षिक प्रगति भने राम्रो रहेको उनको भनाइ छ। रासस

images

प्रकाशित : शनिबार, साउन २१ २०७९१२:४२

प्रतिक्रिया दिनुहोस