मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

हिमालयन बैंकसँग एक्विजेशनमा जान लागेको सिभिल बैंकअर्ब क्लबमा, अन्य सूचक कस्तो ?

images
बुधबार, असार २२ २०७९
images
images
हिमालयन बैंकसँग एक्विजेशनमा जान लागेको सिभिल बैंकअर्ब क्लबमा, अन्य सूचक कस्तो ?
images
images

काठमाडौं-सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजेशनमा जाने सम्झौता गरेको सिभिल बैंकले नाफामा छलाङ मारेको छ। बैंकले पहिलो पटक १ अर्ब भन्दा बढी नाफा कमाएको छ।

images
images

 सिभिल बैंकले आर्थिक २०७८/७९ मा १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष बैंकले  नाफा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।  बैंकले अघिल्लो वर्ष भन्दा ८५ कराड २३ लाख बढी नाफा आर्जन गरेको छ। जुन 

images
images

बैंकको वितरणयोग्य नाफानै १ अर्ब गरेको छ। जस अनुसार बैंकको लाभांश ११ प्रतिशत रहेको छ। सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ। बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ। अघिल्लो वर्ष ब्याज आम्दानीबाट अघिल्लो वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ ।

images
images
images

यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ। 

असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ। अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो।


प्रकाशित : बुधबार, असार २२ २०७९०२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend