शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २० २०७९
बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

काठमाडौं- बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय संघ राष्ट्रिय समितिले माग गरेको छ।

संघका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन्। रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि संघले बीमा समितिसँग माग गरेको छ। 

संघले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ। श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ। बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि संघले माग गरेको छ। रासस


प्रकाशित : शुक्रबार, साउन २० २०७९१३:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend