शनिबार, वैशाख २९ गते २०८१    
images
images

कलंकी-महाराजगञ्ज-धोबीखोला सडक विस्तार : ‘निर्माण सुरु गर्नेबेला चिनियाँ भाषामा इमेल’

images
images
images
कलंकी-महाराजगञ्ज-धोबीखोला सडक विस्तार : ‘निर्माण सुरु गर्नेबेला चिनियाँ भाषामा इमेल’

डीपीआर तयार पारेर निर्माणमा जानु पर्नेवेलामा चिनियाँ भाषाको इमेल पठाएको छ।

images
images

काठमाडौं- चक्रपथ सडक विस्तार आयोजनाको दोस्रो खण्ड कलंकी-महाराजगञ्ज-धोबीखोलाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बुझाउन नै चिनियाँ पक्षले आनाकानी गरेको छ। डीपीआर तयार पारेर निर्माणमा जानु पर्नेबेलामा चिनियाँ भाषाको इमेल पठाएको छ। डीपीआर तयार पारेको चिनियाँ पक्षले तीन महिनापछि सडक विभागलाई इमेल गरेको हो। जुन चिनियाँ भाषामा रहेको छ।   

images
images
images

सडक विभागका अनुसार चिनियाँ पक्षले तीन महिनाअघि नै उक्त डीपीआर प्रतिवेदन तयार भएको जानकारी गराएको तर अहिलेसम्म उपलब्ध नगराएको जनाएको छ। ढिला गरि जानकारीको इमेल आएको त्यसमा पनि चिनियाँ भाषामा आयोजना प्रमुख अर्जुन सुवालले जानकारी दिए। ‘इमेल पनि चिनियाँ भाषामा रहेको छ, तर अंग्रेजी भाषामा उपलब्ध गराउन भनेका छौँ, आएको छैन,’ सुवालले भने। 

images

उनीहरूले डीपीआरमा भएका विषयहरू नखुलाइ यो प्रतिवेदन तयार भएको भन्दै विभागलाई जानकारी गराएको छ। तर, डीपीआरमा के कुरा छ, कति लगानी, कस्तो डिजाइन हुने भन्ने विषय भने खुलाइएको छैन। चिनियाँ पक्षले उक्त चिनियाँ भाषाको डीपीआर प्रतिवेदन अंग्रेजी भाषामा बनाएपछि नेपाललाई उपलब्ध गराउने भनेको छ। तर उक्त प्रतिवेदन कहिले आउँछ भन्ने यकिन हुन भने सकेको छैन।

images

चिनियाँ पक्षले पहिलो खण्डको निर्माणमा जस्तो ढिलाइ नगर्ने प्रतिवद्धता पनि जनाएको सुवालले बताए। ११ दशमलव ६ किमिको यो सडक विस्तारका लागि विभागले ७ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने आँकलन गरेको छ। 

images
images

लगानीको विषय भने डीपीआर चिनियाँ पक्षले बुझाएपछि यकिन हुनेछ। उक्त खण्डको साइट क्लियर भइसकेको भनेर विभागले पनि तीन महिनाअघि नै चिनियाँ पक्षलाई जानकारी गराइसकेको छ। बिजुलीको पोलहरू सार्न बाँकी रहेकोमा त्यसलाई विद्युत प्राधिकरणले हटाइसकेको छ। 

आयोजना प्रमुख सुवालले साइट क्लियर भइसकेको र मुआब्जाको विषय भने प्रक्रियामै रहेको बताए। उक्त खण्डमा पर्ने रुख, पोलहरू हटाइसकेको र दुई दर्जनबढी घरहरू हटाउने काममा भने केही समस्या देखिएको छ। 

साइट क्लियर गर्ने अधिकांश काम पूरा भए पनि घरहरूको मुआब्जा दिने वा नदिने भन्ने विषयमा समस्या देखिएको र समाधानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराइएको उनको भनाइ छ। कलंकीदेखि धोबीखोलासम्मको ११ दशमलव ६ किलोमिटर सडक आठ लेनको बन्नेछ। उक्त आयोजनाले चालू आर्थिक वर्ष २०७८/७९ का लागि भने २ अर्ब बजेट पाएको छ।

२०७५ माघमा विस्तारित कोटेश्वर-कलंकी खण्ड हस्तारन्तरण गरेलगत्तै दोस्रो खण्ड विस्तारको सम्झौता भएको थियो। तर सडक निर्माणको ठेक्का पाएको चीनको सांघाइ कन्स्ट्रक्सन ग्रुपले साइट क्लियर नभइ निर्माणका लागि नआउने सन्देश दिँदै आएको छ।

निर्माण कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुप नेपाल आएपछि मात्र डिजाइन फाइनल गर्ने बताएको छ। निर्माण कम्पनीलाई नेपाल आएर डिजाइनको काम गर्न आग्रह गरे पनि साइट क्लियर नभइ नआउने बताएको चक्रपथ विस्तार आयोजना प्रमुख अर्जुन सुवालले बताए।

दोस्रो चरणमा कस्तो डिजाइनमा सडक निर्माण गर्ने भन्नेसमेत टुंगो लागेको छैन। पहिलो खण्डको डिजाइनमा विभिन्न समस्या देखिएको थियो। निर्माता कम्पनीले डिजाइन सच्याएर सडक बनाउने सहमति जनाएको थियो। कम्पनी निर्माणका लागि नआउने भनेकाले कम्पनी आएको ६ महिनाभन्दा बढी समयपछि मात्र निर्माणको काम सुरु हुने छ। आयोजनाले रुख कटान सकेको एक वर्षभन्दा बढी भइसकेको छ। 

काटिएका रुखबाट पाइटा पलाएर पुनः रुख काट्न अनुमति लिनुपर्ने अवस्था आउन सक्ने आयोजना प्रखुम सुवालको भनाइ छ। विद्युतका पोल सार्न प्राधिकरणले करिब तीन वर्षमा समेत पोल नसार्दा निर्माता कम्पनी आउन नसकेको उनको जिकिर छ। 

महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटरमा पर्ने २० घरको मुआब्जा निर्धारण गरेर सहमति भइसकेको छ। सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढललगायतका संरचना भने हटाइसकिएको छ। त्यस्तै सो सडकमा रहेका २ हजार एक सय रुख काटिएको थियो।

स्वयम्भूमा रहेको स्तूपा नहटाई सडकको अलाइनमेन्टमा केही परिवर्तन गरि सडक विस्तार गर्ने सहमति भइसकेको छ। दोस्रो खण्ड कलंकी-धोवीखोला ११ दशमलव ६ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल काम गर्न योग्य नभइ निर्माण कम्पनी नआउने जिकिर गरिरहेको छ।

चक्रपथको पहिलो खण्ड कोटेश्वदेखि कलंकीसम्म विस्तार चीन सरकारले नै गरेको हो। २०७१ मा सुरु भएको सडक निर्माण २०७२ मा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा केही समय निर्माण रोकिएको थियो। विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो। चीन सरकारले २०७५ माघमा करिब १० किलोमिटरको कोटेश्वर-कलंकी खण्ड सरकारलाई हस्तारन्तरण गरेको थियो।

कोटेश्वर-कलंकी खण्डमा सडक विभागले निर्माण गर्नुपर्ने सर्भिस ट्र्याक हालसम्म पनि बन्न सकेको छैन। चीन सरकारले ८ लेनको मुख्य सडक निर्माण गर्ने र सडकको दुवैतिर सर्भिस ट्र्याक निर्माण भने नेपाल सरकारले गर्नुपर्ने छ। कलंकी धोवीखोला खण्डमा पनि चीन सरकारले ८ लेनको बनाउने र ट्रयाक सरकारले बनाउने छ।

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०३:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend