शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

४० प्रतिशत लाभांश क्षमतासहित आकर्षक सूचक सार्वजनिक गरेकै दिन नबिलको सेयर मूल्यमा किन भारी गिरावट?

शुक्रबार, साउन २० २०७९
४० प्रतिशत लाभांश क्षमतासहित आकर्षक सूचक सार्वजनिक गरेकै दिन नबिलको सेयर मूल्यमा किन भारी गिरावट?

काठमाडौं- आकर्षक सूचकसहितको वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ। नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेको छ।

लाभांश क्षमता समेत बढाएको बैंकको सेयर मूल्य शुक्रबार प्रतिकित्ता ३०.३० रुपैयाँले घटेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा पनि सुधार गरेको छ।

गत वर्ष बैंकले ३३ प्रतिशत लाभांश लगानीकर्तालाई वितरण गरेको थियो। ठूला लगानीकर्ताले अहिले सानासँग भएको सेयर सस्तोमा लिने र लाभांश लिने दाउ गरेको पनि नबिलको सेयर मूल्य घटाइएको हो। 

nabil 11.PNG

शुक्रबार लगानीकर्ताले सेयर बिक्रीमा राखेपछि कारोबार भने उच्च भएको छ। १ लाख ७१ हजार कित्ता कारोबार भएको नबिल बैंकको सेयर मूल्य ३०.३० रुपैयाँ घटेर प्रतिकित्ता ८१९.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। बैंकको शुक्रबार १४ करोड १४ लाख रुपैयाँ बराबारको सेयर खरिद बिक्री भएको छ। 

केही दिन बढ‍ेको नबिल बैंकको सेयर पुन: शुक्रबार घटेको हो।  पछिल्लो दुई सातामा १५१ रुपैयाँले बढेर ८७७ रुपैयाँसम्म पुगेको थियो।

बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने समायोजना हुँदा ९८५ रुपैयाँमा भएको थियो। त्यसबाट पनि ओरालो लगेर ७२६ रुपैयाँमा झरेको थियो।

बैंकको अन्य सूचक कस्तो ? 

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। 

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।

साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराव कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। बैंकको सीडी रेसियोको अनुपात भने ८९।७९ प्रतिशतमा राखेको छ। राष्ट्र बैंकले ९० प्रतिशतसम्मको सुविधा दिएको थियो। 


प्रकाशित : शुक्रबार, साउन २० २०७९०८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend