बिहीबार , चैत ७ गते २०८१    
बिहीबार , चैत ७ २०८१
images
images

शुक्रबार कारोबार बन्द गर्ने हल्ला चलिरहँदा बजार फेरि ओरालोतिरै, कुन शुक्रबार कस्तो?

images
शुक्रबार, साउन २० २०७९
images
images
शुक्रबार कारोबार बन्द गर्ने हल्ला चलिरहँदा बजार फेरि ओरालोतिरै, कुन शुक्रबार कस्तो?
images
images

काठमाडौं- लगातार उतारचढावमा देखिइरहेको सेयर बजारमा शुक्रबार आधा दिनको कारोबारमा पनि गिरावट आएको छ। सेयर कारोबार शुक्रबार बन्द हुनुपर्ने आवाज उठिरँदा बजारले लगानीकर्ताको साथ पाएको छैन।

images
images

शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ। २१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

images
images

गएको साता र यो साता आइतबार र सोमबार दुई दिनको कारोबारमा गरी बजारमा देखिएको १७८.६२ अंकको वृद्धिले सकारात्मक संकेत गरेपनि त्यसपछि बजार उताचढावमा रह्यो। यो साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको थियो। बुधबार ६.७१ अंकले घटेको बजारमा बिहीबार पनि ३८.६१ अंकको गिरावट नै आएको थियो। 

images
images

सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सेयर कारोबार सुरु भएको हो। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालिएको हो। 

कुन शुक्रबार बजार कस्तो?

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको १२ कारोबारमा तीन दिनमात्र बजार बढेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद हुन सकिरहेको छैन। 

जेठ ६ गते शुक्रबारको पहिलो कारोबारमा सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो।

जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। असार ३ गते शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको थियो। जहाँ ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको थियो।

असार १० गते शुक्रबार भने १३.७८ अंकले बढेर बजार १८६२.०६ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार १७ गते शुक्रबार ८.८७ अंकले घटेर सेयर बजार २०२८.७७ बिन्दुमा पुगेको थियो। जहाँ १ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो। 

असार २४ गते शुक्रबार ३४.७१ अंकले घटेर बजार १९९२.६१ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।

असार ३१ गते शुक्रबार ७.९३ अंकले बढेर बजार २००९.४६ बिन्दुमा पुगेको थियो। त्यसदिन १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको थियो।

साउन ६ गते शुक्रबार २७.२६ अंकले घटेर बजार २०१७.४६ बिन्दुमा झरेको थियो। जहाँ १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो।

साउन १३ गते शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको थियो। जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको थियो।

साउन २० गते शुक्रबार ३४.८५ अंकले घटेर बजार २११३.३० बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ।


प्रकाशित : शुक्रबार, साउन २० २०७९०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend