शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

टान निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा निलहरि बास्तोलाको उम्मेदवारी घोषणा

images
शुक्रबार, साउन २० २०७९
images
टान निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्षमा निलहरि बास्तोलाको उम्मेदवारी घोषणा
images
images

काठमाडौं- लोकतान्त्रिक पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छन्।

images
images
images

टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ (निटनेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो।

images
images

दुबै सङ्गठनका अध्यक्ष क्रमश दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निटनेपालका अध्यक्ष दिपक महतले जानकारी दिए। उनले दुबै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए।

images
images

पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताए। टानलाई विसुद्ध व्यवसायिक संस्थाको रुपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई ब्यापक बनाएर अघि बढ्ने बाँस्तोलाले बताए।  

टानको संस्थागत सुदृढिकरण र सेवा प्रभावकारिता एवम् सरकार र निजी क्षेत्रबीचको व्यवसायिक साझेदारितालाई समन्वयकासाथ अघि बढाउने योजना बनाउनुभएका बास्तोलाले टानमा स्वार्थरहितका पूर्ण व्यवसायीलाई नेतृत्वमा लैजानुपर्ने आवश्यकता औंल्याए।

सन् २००२ देखि टानमा आवद्ध बाँस्तोला टानका पूर्वउपाध्यक्ष समेत हुन्। बाँस्तोलाको एशियन हेरिटेज गुप्र अफ कम्पनी अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इन्पोर्ट, कार्गो, भेहिकल, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ।  नजिकिएको निर्वाचतका लागि नेतृत्व लिन व्यवसायी प्रतिस्पर्धी उम्मेदवारी घोषणा गरेर चुनावी दौडमा रहेका छन् । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवम् निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ।

टानको अध्यक्ष, पदाधिकारी र सदस्यगरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित, एक जना पूर्वाध्यक्ष तथा एक जना टान गण्डकीका अध्यक्ष रहनेछन् भने  र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार ८०० व्यवसायी आबद्ध छन्। 


प्रकाशित : शुक्रबार, साउन २० २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend