शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

क्षमता विस्तारका लागि अनुमति पाएका ५ मदिरा उद्योगले २ अर्ब ७८ करोड लगानी थप्दै, कुनले कति?

images
images
images
क्षमता विस्तारका लागि अनुमति पाएका ५ मदिरा उद्योगले २ अर्ब ७८ करोड लगानी थप्दै, कुनले कति?
images
images

काठमाडौं- औद्योगिक प्रवर्द्धन बोर्डको साउन १९ गते बसेको बैठकले मदिरा उत्पादन गर्ने ५ वटा उद्योगलाई क्षमता विस्तारमा अनुमति दिएको छ। साथै बोर्ड बैठकले ग्रिन टोबाकोलाई पनि क्षमता विस्तार गर्न अनुमति दिएको छ।

images
images
images

लामो समयपछि बिहीबार बसेको बोर्डको बैठकले ५ वटा मदिरा उत्पादन गर्ने उद्योगको लगानी विस्तार अनुमति दिएको बैठकका एक सहभागीले जानकारी दिए।

images

बोर्डले अरुण डिस्टिलरी, नेचुरल स्पिरिट, छिन्नमस्ता डिस्टिलरी, न्यू एभरेष्ट र यती डिस्टिलरीलाई लगानी विस्तारको अनुमति दिएको हो।

images

सबैभन्दा बढी लगानी थप्ने अरुणा डिस्टिलरी रहेको छ। यसले १ अर्ब २० करोड लगानी थप्दै छ।  यसैगरी यतीले ९७ करोड ५१ लाख लगानी थप्दै उद्योगको कुल लगानी १ अर्ब ६० करोड पुर्‍याउने भएको छ।

images
images

यसैगरी ग्रिन टोबाकोलाई क्षमता विस्तार गर्न दिने निर्णयसमेत भएको छ।

कुन उद्योगले कति लगानी थप्दै?

अरुणा डिस्टिलरी- १ अर्ब २० करोड

नेचुरल स्पिरिट डिस्टिलरी - ३४ करोड

यती डिस्टिलरी - ९७ करोड ५१

छिन्नमस्ता डिस्टिलरी- १७ करोड

न्यू एभरेष्ट- ९ करोड १९ लाख

ग्रिन टोबाको - १३ करोड

images

प्रकाशित : शुक्रबार, साउन २० २०७९०६:२६

प्रतिक्रिया दिनुहोस