शुक्रबार, चैत १६ गते २०८०    
images
images

टाढियो एउटा उम्दा कार : नेपालमा आउने छैन इकोस्पोर्ट

images
images
टाढियो एउटा उम्दा कार : नेपालमा आउने छैन इकोस्पोर्ट

फोर्ड इन्डियाका लागि एक समय बजार विस्तारमा सबैभन्दा बढी सक्रिय देखिएको इकोस्पोर्ट नेपालमा समेत आकर्षक बनेर राेजाइँमा पर्दै थियो। तर कार बजारको त्यो मानक अब नेपाली उपभोक्ताबाट टाढियो। त्यो चढ्ने योजना बुनिरहेका नेपालीले अब सायदै  इकोस्पोर्ट भेट्ने छन्। 

images
images

काठमाडौं- फोर्ड इन्डियाका लागि एक समय बजार विस्तारमा सबैभन्दा बढी सक्रिय देखिएको इकोस्पोर्ट नेपालमा समेत आकर्षक बनेर राेजाइमा पर्दै थियो। तर कार बजारको त्यो मानक अब नेपाली उपभोक्ताबाट टाढियो। त्यो चढ्ने योजना बुनिरहेका नेपालीले अब सायदै नयाँ इकोस्पोर्ट भेट्ने छन्। 

images
images
images

सन् २००३ मा ब्राजिलमा पहिलाेपटक बनेको फोर्ड इकोस्पोर्ट सव-कम्प्याक्ट एसयूभी २०१३ मा भारतमा उत्पादन हुन थालेपछि नेपाली बजारसमेत आक्रामक बनेको थियो। तर भारतमा रहेका फोर्डका दुई प्लान्टको सञ्चित नोक्सानी दुई अर्ब अमेरिकी डलर नाघेपछि प्लान्ट बन्द गर्ने निष्कर्षमा फोर्ड पुग्यो।

images

त्यसको सिधा असर इकोस्पोर्ट राेजिरहेका नेपालीमा परेको छ। नेपाली बजारमा ३६ लाख ९० हजारदेखि ५५ लाख ९९ हजार रुपैयाँसम्म पर्ने इकोस्पोर्टले सौख र आवश्यकतालाई सँगै सम्बोधन गरेकाले साच्चैको रोजा भइरहेको थियो। तर अब त्यो उम्दा कार नेपाली उपभोक्ताबाट पर पुगेको छ। 

images
images

फोर्ड मोटर कम्पनीले सन् १९९० को मध्यमा जब भारतमा पहिलो फ्याक्ट्री स्थापना गरेको थियो तब भारतीय बजार जोडिने सबैतिर उसको व्यापार नीति वर्षौंपछिको योजनामा थियो। तर अनुसन्धान गरेरै गरिएको त्यो सुरुवात २०२१ मा आइपुग्दा 'कार अर्थतन्त्र' को फरक आयाममा ढलमल भएको छ। फोर्ड मोटर्सले भारतमा आफ्नो उत्पादन प्लान्ट बन्द गर्ने निर्णय गरेको दुई साता बितिसक्यो। जहाँ भर्खरै फोर्ड मोटर्स इन्डियाले भारतीय उपभोक्तालाई लक्षित गरी फोर्ड सव फोर मिटर कम्प्याक्ट एसयूभी इकोस्पोर्ट सार्वजनिक गरेको थियो। 

फोर्ड इन्डियाले भारतमा २०१३ को जुनमा पहिलोपटक इकोस्पोर्ट मोडल सार्वजनिक गरेको थियो। फोर्डले सार्वजनिक भएयता एक पटक इकोस्पोर्टको फेसलिफ्ट मोडल सार्वजनिक गरेको थियो भने अर्को फेसलिफ्ट भर्सन २०२१ को सेप्टेम्बरमा सार्वजनिक गर्ने तयारी गरेको थियो। 

सबैभन्दा पहिले २००३ मा ब्राजिलमा बनेको फोर्ड इकोस्पोर्ट सवकम्प्याक्ट एसयूभीको दोस्रो पुस्ता २०१२ मा सार्वजनिक भएको थियो। फोर्ड इकोस्पोर्ट ब्राजिलपछि भातरमा आएको हो। भारतीय प्लान्टबाट उत्पादन हुन थालेपछि इकोस्पोर्ट दक्षिण अमेरिकासमेत निर्यात हुँदै आएको थियो। फोर्ड इन्डियाले २०१८ देखि इकोस्पोर्ट दक्षिण अमेरिका निर्यात थालेको थियो। 

फोर्ड इन्डियाले २०२१ मै इकोस्पोर्टको अर्को फेसलिफ्ट भर्सन सार्वजनिक गर्दै थियो। तर त्यसपूर्व नै कम्पनीले भारतमा कार उत्पादन बन्द गर्ने निर्णय गरेपछि इकोस्पोर्टको नयाँ भर्सन चढ्ने चाहना राखेका उपभोक्ताको योजनामा तुसारापात हुन पुग्यो। 

भारतमा उत्पादन जारी राखिरहन फोर्डले भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रासँग साझेदारी गर्ने प्रारम्भिक सम्झौता गरेको थियो। तर विभिन्न अध्ययनपछि थप सम्झौता हुनुपूर्व २०२० को डिसेम्बरमा प्रारम्भिक सम्झौता नै भंग भयो। 

भारतमा रहेका फोर्डका दुई प्लान्टको सञ्चित नोक्सानी २ अर्ब अमेरिकी डलर नाघेपछि प्लान्ट बन्द गर्ने निष्कर्षमा फोर्ड पुगेको हो। फोर्डले भारतमा सवारी उत्पादन बन्द गर्ने निर्णयमा पुग्नुको अर्को कारण विद्युतीय सवारीमा केन्द्रित हुनुलाई भनेको छ। 

फोर्ड इन्डियाका लागि इकोस्पोर्ट त्यस्तो उत्पादन थियो जसले कम्पनीको समग्र मोडललाई नेतृत्व गरेर बजार विस्तारमा सहयोग गरेको थियो। फोर्ड इन्डियाको भारतीय बजारका लागि मात्र नभइ त्यहाँबाट हुने फोर्डको निर्यातमा समेत इकोस्पोर्टले नै नेतृत्वदायी भूमिकामा रह्यो। 

फोर्डले भारतमा इकोस्पोर्ट सार्वजनिक गरेलगत्तै नेपाली बजारमा इकोस्पोर्ट भित्रिएको थियो। उक्त कार फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा समूह अन्तर्गतको जी ओ फोर्डले उपलब्ध गराउँदै आएको छ। 

फोर्ड इकोस्पोर्ट जब नेपाल भित्रियो कार बजारमा नयाँ मानक नै स्थापित गर्‍यो। कम्प्याक्ट एसयूभी सव फोर मिटरमा नेपाल भित्रने सम्भवत: फोर्ड इकोस्पोट नै पहिलो कार हो। 

२०१३/१४ मा नेपाली बजारमा ३ सय ८३ वटा इकोस्पोर्ट बिक्री भएको थियो। बजारमा आएको पहिलो वर्ष नै यो संख्यामा बिक्री हुनुले इकोस्पोर्टको लोकप्रियता चुल्याएको थियो। 

इकोस्पोर्ट उपभोक्ताले मन पराउनुका मुख्य कारणहरूमा अमेरिकी ब्रान्डको कार, फिनिसिङ, देख्दा आकर्षक, एसयूभी सेगमेन्टमा तुलनात्मक रूपमा उपयुक्त मूल्यमा पाइनेलगायत हुन्। 

फोर्ड इकोस्पोर्ट नेपाल भित्रिएयता हरेक वर्ष औषतमा ५ सय भन्दा बढी नै संख्यामा बिक्री हुँदै आएको थियो। २०१४/१५ मा ६ सय ९५ वटा बिक्री भएको इकोस्पोर्ट २०१५/१६ मा भने केही घटेर ३ सय १६ वटा बिक्री भएको भन्सारको तथ्यांक छ। 

वार्षिक तथ्यांक हेर्दा एक वर्ष ८ सय ८ वटासम्म इकोस्पोर्ट नेपाली बजारमा बिक्री भएको थियो, त्यो हो २०१६/१७। त्यसैगरि २०१७/१८ मा ७ सय ३१, २०१८/१९ मा ६ सय ४०, २०१९/२० मा ४ सय २०, २०२०/२१ मा ४ सय १ र २०२१/२२ को ४ महिनामा १ सय २ वटा इकोस्पोर्ट नेपाली बजारमा बिक्री भएको छ। 

विगतका वर्षहरूमा फोर्ड इकोस्पोर्ट ट्रेन्ड/ट्रेन्ड प्लसको पेट्रोल भर्सन धेरै बिक्री हुन्थ्यो। तर २०१९ बाट भने इकोस्पोर्ट ट्रेन्ड/एमटी, एमटी स्पोर्ट, एमटी थन्डर तथा अटोमेटिक पेट्रोल भर्सन धेरै बिक्री हुँदै आएको थियो।

इकाेस्पाेर्टकै सेगमेन्टमा अन्य विभिन्न ब्रान्डका कार बजारमा उपलब्ध हुँदा समेत यसकाे बिक्रीमा कुनै कमी देखिँदैन। जुन कुरा तथ्या‌कले नै पुष्टि गर्छ। 

फोर्ड इकोस्पोर्ट नेपाली बजारमा सुरुमा ९ सय सीसी इन्जिन क्षमतामा समेत आउँथ्यो। तर पछिल्लो समय पावरफुल इन्जिन १४ सय ९८ सीसी इन्जिन क्षमतामा उपलब्ध हुँदै आएको छ।  

फोर्डले भारतीय प्लान्टबाट कार उत्पादन बन्द गर्ने निर्णय गरेको सबैलाई थाहा भइसकेको अवस्थामा नेपालमा अब फोर्डका कारको अवस्था के होला भन्ने जिज्ञासा स्वभाविक रहेको फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताए। 

तर नेपालमा निक्कै लोकप्रिय रहेको कम्प्याक्ट एसयूभी सेगमेन्टको कार इकोस्पोर्ट भने भातरीय प्लान्ट बन्द भएसँगै नेपाल आउने सम्भावना नरहको गोल्छाको भनाइ छ। ‘इकोस्पोर्ट नेपाली उपभोक्ताले निक्कै रुचाएको कार हो। भारतमा उत्पादन नहुने भएपछि तेस्रो मुलुकबाट ल्याएर बिक्री गर्न मूल्यलगायत अन्य कुराले त्यति सम्भव हुँदैन,’ उनले भने, ‘हामीले अब केही समयपछि इकोस्पोर्ट भने उपभोक्तालाई दिन सक्दैनौँ।’ 

‘कम्पनीले भारतमा निर्यात प्रयोजनका लागि २०२२ को मध्यसम्म उत्पादन गर्ने भनेको छ,’ गोल्छाले बिजनेस न्युजसँग भने, ‘भारतीय उत्पादन त्यहाँबाट उत्पादन हुन्जेल ल्याइरहने वा डिसकन्टिन्यू गर्ने भन्ने निर्णयमा हामी छिट्टै पुग्छौं। तर तेस्रो मुलुकबाट हुने आयात भने निरन्तर हुने छ।’ 

जीओ फोर्डले नेपालका आफ्नो ग्राहकलाई आगामी दिनमा सर्भिस, स्पेयर पार्टसलगायत विषयमा कुनै पनि दुविधामा नरहने आग्रह गरेको छ। ‘हामी हाम्रा ग्राहकलाई फोर्डका गाडी चलुञ्जेल सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउँछौं,’ उनले भने, ‘यो विषयमा उपभोक्तालाई कुनै आशंका नमान्न हामीले आग्रह गरेका छौँ।’

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०५:००
  • सम्बन्धित विषय:

  • # फाेर्ड नेपाल
  • # जीओ फाेर्ड
  • # इकाेस्पाेर्ट
  • # फाेर्ड माेटर


  • प्रतिक्रिया दिनुहोस
    images
    ट्रेन्डिङ