शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्र बैंकले ब्याजदर बढाउन खुकुलो नीति लिएपनि बैंकहरूले ब्याज नबढाउने, पाँच महिनाअघिकै दरमा यथावत

शुक्रबार, साउन २० २०७९
राष्ट्र बैंकले ब्याजदर बढाउन खुकुलो नीति लिएपनि बैंकहरूले ब्याज नबढाउने, पाँच महिनाअघिकै दरमा यथावत

काठमाडौं- नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउन खुकुलो नीति लिएपनि बैंकहरूले तत्कालका लागि ब्याजदर नबढाउने निर्णय गरेका छन्। बुधबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै ब्याजदर बढाउन खुकुलो नीति लिएको थियो।

बैंकर्स संघले शुक्रबार निर्णय गर्दै यसअघि लिँदै आएको ११.३ प्रतिशत ब्याज नै कायम गर्ने भएका छन्। गत फागुन यता बैंकहरूले ब्याज ११.०३ प्रतिशत कायम गरेका छन्। यता संस्थागततर्फको ब्याजदर भने घटाउने निर्णय गरेका छन्। बैंकहरूले संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याज दिँदै आएकोमा अब ९.०३ प्रतिशत दिने निर्णय गरेका हुन्। 

यता राष्ट्र बैंकले स्थायी तरलता दर बढाइसकेको छ। निर्देशनमा संशोधन गर्दै ७ बाट ८.५ प्रतिशत बनाएको थियो। त्यस्तै रिपो दर पनि ५ बाट ७ प्रतिशत पुगेको छ।  

ब्याजदर वृद्धिलाई सहयोग गर्ने अर्को परिवर्तन हो- अनिवार्य तरलता अनुपात. पहिले ३ प्रतिशत रहेको यस्तो अनुपात अब ४ प्रतिशत बनाइएको छ। 

 


प्रकाशित : शुक्रबार, साउन २० २०७९०५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend