काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुन तथा चाँदी दुवैको मूल्इ बढेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको हो। शुक्रबारका लागि चाँदीको मूल्य १२ सय २० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।