काठमाडौं- गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक बनेको छ।
हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २१ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड नाफा कमाउँदै पहिलो बनेको हो।
दोस्रोमा ग्लोबल आईएमई बैंकले ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ भने नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ। त्यस्तै चौथोमा एनआईसी एसिया बैंकले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको छ।
कुन बैंकको नाफा कति ?
राष्ट्रिय वाणिज्य बैंक- ५ अर्ब २१ करोड ४२ लाख
ग्लोबल आईएमई बैंक- ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ
नबिल बैंक- ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ
एनआईसी एसिया- ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट बैंक- ४ अर्ब ८ करोड ६३ लाख रुपैयाँ
प्राइम बैंक- ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ
एनएमबी बैंक- ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ
सिद्धार्थ बैंक- ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ
प्रभु बैंक- २ अर्ब ६० करोड ३ लाख रुपैयाँ
सिटिजन्स बैंक- २ अर्ब २५ करोड ११ लाख रुपैयाँ
माछापुच्छ्रे बैंक- २ अर्ब १६ करोड ९ लाख रुपैयाँ
सनराइज बैंक- २ अर्ब १५ करोड ९ लाख रुपै याँ
लक्ष्मी बैंक- १ अर्ब ६० करोड ३५ लाख रुपैयाँ
एनसीसी बैंक- २ अर्ब २ करोड २२ लाख रुपैयाँ
स्टयान्डर्ड चार्टर्ड बैंक- २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ
एभरेष्ट बैंक- २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ
कुमारी बैंक- २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ
एसबीआई बैंक- अर्ब ६३ करोड ८२ लाख रुपैयाँ
सानिमा बैंक- २ अर्ब २९ करोड २९ लाख रुपैयाँ
हिमालयन बैंक- २ अर्ब ४८ करोड २१ लाख रुपैयाँ
कृषि विकास बैंक- २ अर्ब ६९ करोड रुपैयाँ