शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

राष्ट्रिय वाणिज्य बैंककाे नाफामा छलाङ, ५ अर्ब २१ कराेड नाफा कमाएकाे बैंककाे अन्य सूचक कस्ताे? 

शुक्रबार, साउन २० २०७९
राष्ट्रिय वाणिज्य बैंककाे नाफामा छलाङ, ५ अर्ब २१ कराेड नाफा कमाएकाे बैंककाे अन्य सूचक कस्ताे? 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ  नाफा कमाएको छ। जुन नाफा नबिलकाे भन्दा १७ कराेड रुपैयाँले बढी हाे। अघिल्लो वर्ष भन्दा ३७.३८ प्रतिशतले बढी हाे। 

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ  नाफा कमाएको छ। जुन नाफा नबिलकाे भन्दा १७ कराेड रुपैयाँले बढी हाे। अघिल्लो वर्ष भन्दा ३७.३८ प्रतिशतले बढी हाे। 

अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ छ। 

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ।

समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ९४ करोड छ भने जगेडामा १८ अर्ब ५४ करोड छ।

त्यसैगरी, बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ। बैंकले गत असार मसान्तसम्ममा २ खर्ब ५९ करोड निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ।  बैंकको खराब कर्जा पनि ३.०७ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ।


प्रकाशित : शुक्रबार, साउन २० २०७९०१:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend