सोमबार, जेठ २२ गते २०८०

राष्ट्रिय वाणिज्य बैंककाे नाफामा छलाङ, ५ अर्ब २१ कराेड नाफा कमाएकाे बैंककाे अन्य सूचक कस्ताे? 

images
images
राष्ट्रिय वाणिज्य बैंककाे नाफामा छलाङ, ५ अर्ब २१ कराेड नाफा कमाएकाे बैंककाे अन्य सूचक कस्ताे? 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ  नाफा कमाएको छ। जुन नाफा नबिलकाे भन्दा १७ कराेड रुपैयाँले बढी हाे। अघिल्लो वर्ष भन्दा ३७.३८ प्रतिशतले बढी हाे। 

images
images
images

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ  नाफा कमाएको छ। जुन नाफा नबिलकाे भन्दा १७ कराेड रुपैयाँले बढी हाे। अघिल्लो वर्ष भन्दा ३७.३८ प्रतिशतले बढी हाे। 

images
images
images

अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ छ। 

बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३७ पैसा घटेर ३४ रुपैयाँ ९० पैसामा झरेको छ।

images

समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ४६.६९ प्रतिशत बढेको छ भने जगेडा कोष ०.२९ प्रतिशत बढेको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ९४ करोड छ भने जगेडामा १८ अर्ब ५४ करोड छ।

त्यसैगरी, बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ। बैंकले गत असार मसान्तसम्ममा २ खर्ब ५९ करोड निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब कर्जा लगानी गरेको छ।  बैंकको खराब कर्जा पनि ३.०७ प्रतिशतबाट २ प्रतिशतमा झरेको छ।

images

प्रकाशित : शुक्रबार, साउन २० २०७९०६:५५

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ