शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

गरिमा विकास बैंककाे नाफा १ अर्बभन्दा माथि, प्रतिसेयर आम्दानी पनि बढ्याे 

शुक्रबार, साउन २० २०७९
गरिमा विकास बैंककाे नाफा १ अर्बभन्दा माथि, प्रतिसेयर आम्दानी पनि बढ्याे 

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/०८९ मा १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएकाे छ। 

 बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएकाे हाे। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९.५० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशत र सञ्चालन नाफा २५.६८ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ३२ पैसा बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५७ पैसा रहेको छ।


प्रकाशित : शुक्रबार, साउन २० २०७९०१:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend