शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नबिल बैंकको नाफा ५ अर्ब नजिक हुँदा लाभांश क्षमता ४० प्रतिशत

शुक्रबार, साउन २० २०७९
नबिल बैंकको नाफा  ५ अर्ब नजिक हुँदा लाभांश क्षमता ४० प्रतिशत

नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि नबिलको शेयरधनीलाई वितरण गर्न मिल्ने सञ्चितिमा उल्लेख्य वृद्धि भएकाले बैंकले ९ अर्ब १२ करोड लाभांश दिनसक्ने क्षमता छ ्

काठमाडौं- नेपाल बंगलादेश बैंकलाई एक्वाएर गरेको नबिल बैंकले वितरणयोग्य कोषमा उल्लेख्य सुधार गरेको छ। बैंकको लाभांश वितरण गर्न सक्ने क्षमता ४० प्रतिशत पुगेको छ भने अन्य सूचकमा सुधार गरेको छ। गत वर्ष बैंकले ३३ प्रतिशत लभांश लगानीकर्तालाई वितरण गरेको थियो।

बैंकले खुद नाफा र वितरण गर्न मिल्ने सञ्चिति ९ अर्ब १२ करोड रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३७ करोड भए पछि एक्विजिसनपछि वितरण गर्न मिल्ने सञ्चिति बढेको हो। त्यस्तो सञ्चिति ५ अर्ब ७५ करोड छ। 

बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ४ अर्ब ५२ कराेड रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २७.१६ रुपैयाँ रहेको छ। पीई रेसियो ३२.८० रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

शुल्क वापतको आम्दानी १ अर्ब ८६ करोड रहेको छ। बैंकको वर्षको भरीको जम्मा अपरेटिङ आम्दानी १२ अर्ब १२ करोड रुपैयाँ रहेको छ। गत वर्ष उक्त शीर्षकको आम्दानी ११ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।

साथै बैंकको सञ्चालन मुनाफा ७ अर्ब १७ करोड पुगेको छ, जुन अघिल्लो आवमा ६ अर्ब ४१ करोड थियो।

बैंकको खराव कर्जा १.५४ प्रतिशतमा रहेको छ। गत वर्ष पनि उक्त कर्जाको अनुपात सोही नै रहेको थियो। निक्षेप ३ खर्ब २६ अर्ब रहेको छ, जुन गत वर्ष २ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। बैंकको सीडी रेसियोको अनुपात भने ८९.७९ प्रतिशतमा राखेको छ। राष्ट्र बैंकले ९० प्रतिशतसम्मको सुविधा दिएको थियो। 


प्रकाशित : शुक्रबार, साउन २० २०७९००:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend