आइतबार, असोज ७ गते २०८०    

५ मदिरा उद्योगलाई क्षमता विस्तारको अनुमति, एउटाको म्याद थप

ग्रिन टोबाकोलाई क्षमता विस्तारको अनुमतिसँगै ८ क्रसर उद्योगलाई समेत अनुमति

images
५ मदिरा उद्योगलाई क्षमता विस्तारको अनुमति, एउटाको म्याद थप

साउथ एसियन ब्रुअरीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय पनि भएको छ। 

images

काठमाडौं- औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले १५ वटा उद्योगलाई अनुमति तथा लगानी विस्तार गर्न दिने निर्णय गरेको छ।

images

लामो समयपछि बिहीबार बसेको बोर्डको बैठकले ५ वटा मदिरा उत्पादन गर्ने उद्योगको लागनी विस्तार तथा १ उद्योगको अनुमति म्याद थपको निर्णय भएको बैठकका एक सहभागीले बताए। 

images

उनका अनुसार अरुण डिस्टिलरी, नेचुरल स्पिरिट, छिन्नमस्ता डिस्टिलरी, न्यू एभरेष्ट र यती डिस्टिलरीलाई लगानी विस्तारको अनुमति दिएको हो।

images

यसैगरी ग्रिन टोबाकोलाई क्षमता विस्तार गर्न दिने निर्णयसमेत भएको छ। साउथ एसियन ब्रुअरीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय पनि भएको छ। 

images

यसैगरी बैठकले ८ वटा  क्रसर उद्योगलाई समेत अनुमति दिएको छ।

images

प्रकाशित : बिहीबार , साउन १९ २०७९०८:०६

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ