काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मा दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई कारबाही गरेको हो।
यी दुई बैंकले अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेकाले कारबाही स्वरुप जरिवाना तोकिएको हो। उल्लेखित अनुपात कायम नगर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ६६ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तय गरेको हो।
यो कारबाही दुवै बैंकलाई आव २०७८/७९ मा प्रथम पटक गरिएको हो। अन्य शीर्षकमा भने बैंकलाई कारबाही गरिएको छैन।