शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सुधारको संकेत देखिएको सेयर बजार राताम्य, विश्वस्त छैनन् लगानीकर्ता

बिहीबार , साउन १९ २०७९
सुधारको संकेत देखिएको सेयर बजार राताम्य, विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- गएको सातादेखि सेयर बजारमा देखिएको सुधारको संकेतपछि पनि बजारले स्थायी आधार नभेट्दा पुन: ओरालोतिर लागेको छ। लगातार १७८.६२ अंकको वृद्धिपछि गत मंगलबार देखि धरमराएको बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ।

बिहीबार ३८.६१ अंकले घटेर बजार २१४८.१६ बिन्दुमा पुगेको छ। जहाँ ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार १९ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

गएको साता र यो साता आइतबार र सोमबार दुई दिनको कारोबारमा गरी बजारमा देखिएको १७८.६२ अंकको वृद्धिले सकारात्मक संकेत गरेपनि त्यसपछि बजार उताचढावमा रह्यो। यो साता आइतबार ५४.५८ र सोमबार १.१५ अंकले बढेको बजार मंगलबार २.८१ अंकले घटेको थियो। बुधबार ६.७१ अंकले घटेर बजार २१८६.७७ बिन्दुमा पुगेको थियो। 

बुधबार नै नेपाल राष्ट्र बैंकले सेयर कारोबारमा लचिलो नीति लिने संकेतले पनि परिसूचकमा उत्साह देखिन सकेन। नेपाल राष्ट्र बैंकले बुधबार नै ब्रोकर कम्पनीबाट मार्जिन कारोबारको सुविधा खुला गरेको थियो। राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने व्यवस्थासमेत गरेको छ। तर बजारले त्यसअनुरुप साथ पाएको छैन। 

लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ। यस्तोमा बजारमाथिको चलखेल र अनावश्यक क्रियाप्रतिक्रियासमेत बढिरहेको छ।


प्रकाशित : बिहीबार , साउन १९ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend