शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

कृषि विकास बैंककाे नाफा २३.७४ प्रतिशतले घट्याे

बिहीबार , साउन १९ २०७९
कृषि विकास बैंककाे नाफा  २३.७४ प्रतिशतले घट्याे

काठमाडौं- कृषि विकास बैंककाे गत वर्ष २०७८/०७९ काे नाफा अघिल्लो वर्ष २०७७/०७८ काे तुलनामा घटेकाे छ। बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा करिब ४ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ।  भने खुद फि तथा कमिसन आम्दानी ११.०६ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७.३६ प्रतिशत र सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ११ रुपैयाँ २१ पैसा घटेर १७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ २५ पैसा रहेको छ।


प्रकाशित : बिहीबार , साउन १९ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend