शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

जीवन विकास लघुवित्तकाे नाफा १३.४० प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी खुम्चियाे 

बिहीबार , साउन १९ २०७९
जीवन विकास लघुवित्तकाे नाफा १३.४० प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी खुम्चियाे 

काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा  ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ६.१६ प्रतिशत घटेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११२.९६ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले गत आर्थिक वर्षमा ३७ करोड ५८ लाख रुपैयाँ मात्र यस्तो कर्जा उठाएको छ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३७ रुपैयाँ ७४ पैसा घटेर ७५ रुपैयाँ ६० पैसामा झरेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५.७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ।


प्रकाशित : बिहीबार , साउन १९ २०७९०४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend