शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एनएमबीकाे अधिकांश सूचकमा उत्साहजनक सुधार, नाफा ३६.५३ प्रतिशतले बढाउदा लाभांश क्षमतामा पनि सुधार 

बिहीबार , साउन १९ २०७९
एनएमबीकाे अधिकांश सूचकमा उत्साहजनक सुधार, नाफा ३६.५३ प्रतिशतले बढाउदा लाभांश क्षमतामा पनि सुधार 

काठमाडौं- एनएमबी बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा अधिकांस सूचकमा उत्साहजनक सुधार गरेकाे छ। 

बैंकले गत आवमा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत, कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत तथा सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५५ पैसा बढेर २० रुपैयाँ १५ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा तथा प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्तापूँजी १८ अर्ब ३६ करोड नाघेको छ भने जगेडाकोषमा ८ अर्ब ८४ करोड छ ।

बैंकको निक्षेप १२.३७ प्रतिशत र कर्जा १६.४१ प्रतिशत बढेको छ। बैंकले यस अवधिसम्ममा एक खर्ब ८४ अर्ब ८२ करोड निक्षेप उठाएर एक खर्ब ७५ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ ।


प्रकाशित : बिहीबार , साउन १९ २०७९०४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend