शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

गत आवमा शतप्रतिशत काम भएको हुलाकी राजमार्ग चालु आवमा नसकिने निश्चित

images
images
गत आवमा शतप्रतिशत काम भएको हुलाकी राजमार्ग चालु आवमा नसकिने निश्चित

त्यस्तै गत आवमा आयोजनाले १८ वटा मोटर पुल निर्माण गर्ने योजना बनाएकोमा १६ वटा पुल बनेका छन्। सुरुदेखि आव २०७८/७९ सम्म हुलाकी राजमार्ग अन्तर्गत ८ सय ९०.७१ किलोमिटर सडक कालोपत्र भइसकेको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा हुलाकी राजमार्गको भौतिक तथा वित्तीय प्रगति शतप्रतिशत भएको छ। सो वर्षका लागि आयोजनाले १ सय ४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। आव सकिँदा आयोजनाले १ सय ४६ किलोमिटर सडक कालोपत्रे गरेको हो। 

images
images
images

त्यस्तै गत आवमा आयोजनाले १८ वटा मोटर पुल निर्माण गर्ने योजना बनाएकोमा १६ वटा पुल बनेका छन्। सुरुदेखि आव २०७८/७९ सम्म हुलाकी राजमार्ग अन्तर्गत ८ सय ९०.७१ किलोमिटर सडक कालोपत्र भइसकेको छ। 

images

हालसम्म हुलाकी राजमार्ग अन्तर्गत १ सय १५ वटा मोटर पुल निर्माण भइसकेको छ। गत आवमा आयोजनाको भौतिक प्रगति सन्तोषजनक रहेको आयोजना प्रमुख प्रमुख धर्मेन्द्रकुमार झाले बताए। ‘गत वर्ष हुलाकी राजमार्ग आयोजनाले लिएको लक्ष्यभन्दा बढी नै सकड कालोपत्रे गरेको छ,’ उनले भने, चालु तथा पुँजीगत खर्चपनि शतप्रतिशत नै भएको छ।’ आयोजनाको समग्र प्रगति ८१ प्रतिशत पुगेको छ। 

images

हुलाकी राजमार्ग अन्तर्गत २ सय ५० वटा पुल निर्माण गर्नुपर्नेमा आव २०७८/७९ सम्ममा १ सय १५ वटा पुल निर्माण भइसकेको छ। हुलाकी राजमार्गले तराईका सबै २१ जिल्लालाई समेट्ने र ८० लाखभन्दा बढी जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ। त्यसैले यो आयोजनालाई उच्च प्राथमिकताका साथ निर्माण गर्र्ने भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो। 

images
images

पूर्वपश्चिम हुलाकी राजमार्ग ९ सय ७५ किलोमिटरको हुने र सहायक मार्ग ८ सय ८२.४२ किलोमिटरको हुनेछ। समग्रमा यो आयोजनाको कुल लम्बाई १ हजार ८ सय ५७.४२ किलोमिटर रहेको छ। 

हुलाकी राजमार्ग निर्माण गर्न भारत सरकारले ८ अर्ब रुपैयाँ सहयोग गरेको र बाँकी रकम नेपाल सरकारले नै व्यवस्थापन गर्ने छ। आव २०६५/६६ देखि आव २०७८/७९ सम्म आयोजनाले भारतीय अनुदानसहित ५२ अर्ब १८ करोड रुपैयाँ खर्च गरिसकेको छ। गत आवमा सरकारले यो आयोजनालाई पुँजीगततर्फ ६ अर्ब ३१ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

निर्माण सुरु गर्दा हुलाकी राजमार्गको निर्माण लागत ४७ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको थियो। तर अहिले यो आयोनजनाको संशोधित लागत अनुमान ६५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रहेको छ। 

हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत ६ वटा कार्यालय र सडक डिभिजन भरतपुर तथा हुलाकी राजर्माग निर्देशनालयसमेत गरि ८ वटा निकायले काम गरिरहेका छन्। योजना कार्यालय इटहरीले झापा, मोरङ, सुनसरी र सप्तरी जिल्ला, जनकपुरले सिराह, धनुषा, महोत्तरी र सर्लाही, वीरगञ्जले रौतहट, बारा, पर्सा र चितवनमा पर्ने सडक खण्डको काम गर्दै आएको छ। 

त्यस्तै कपिलवस्तुले नवलपरासी (पूर्व-पश्चिम), रुपन्देही र कपिलवस्तु, नेपालगञ्जले दाङ, बाँके र बर्दिया तथा धनगढीले कैलाली र कञ्चलपुरमा पर्ने सडक खण्डको काम गरिरहेको छ। साथै सडक डिभिजन चितवन अन्तर्गत भरपुर माडी सडक खण्डको निर्माण कार्य हुँदै आएको आयोजनाले जनाएको छ।

सरकारले भित्रि मधेशलाई सडक सञ्जालमार्फत पूर्व-पश्चिम जोड्ने लक्ष्यसहित हुलाकी राजमार्ग निर्माण थालेको हो। १ हजार ८ सय ५७.४२ किलोमिटर लामो सडक २०६६/६७ बाट निर्माण सुरु भएको थियो। आर्थिक वर्ष २०७९/८० मा निर्माण सक्ने लक्ष्य लिइएको उक्त आयोजा अन्तर्गत १ सय किलोमिटरभन्दा बढी सडकको ठेक्का लाग्नै बाँकी रहेको छ। 

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र, बाँकेको बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने खण्डमा ठेक्का लाग्न नसकेको हो। हुलाकी राजमार्ग अन्तर्गतको निकुञ्ज क्षेत्रको रेखाङकनबारे सरकारले हालै निर्णय गरेर ईआईए स्वीकृति दिएकाले अब काम अघि बढ्ने आयोजना प्रमुख झाले बताए।  

चितवनको अमुवा माढी रिउखोला सडक खण्ड अन्तर्गत करिब ३० किलोमिटर र चितवनको माढी भरतपुर सडक र चितवन नवलपुरको जगतपुर बहुवन सडकको ३८ किलोमिटरमा निकुञ्जका कारण ठेक्का लाग्न बाँकी रहेको छ।

त्यस्तै नवलपरासीको दुम्कीबास त्रिवेणी सडक खण्डमा २० किलोमिटरको ठेक्का व्यवस्थापन हुन बाँकी छ। हालका वनमन्त्रीले सडक आयोजनामा वनको अवरोध नुहुने बताएकाले काम छिटो हुने अपेक्षा गरिएको झाको भनाइ छ। 

दाङको राजपुरदेखि बाँकेको राप्ती सोनारीसम्म ६५ किलोमिटर सडक र कपिलवस्तुको कल्यांकोट-कालाकाटे दाङको ३० किलोमिटर सडकको ईआईएको क्रममा रहेकाले ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको छ। ठेक्का लाग्न बाँकी रहेको आयोजनाको ईआईए धमाधाम भइरहेकाले त्यसको प्रतिवेदन आएपछि ठेक्का व्यवस्थापन गरेर निर्माण थालिने आयोजना प्रमुख झाले बताए। 

आव २०७९/८० मा निर्माण सक्ने योजना भएपनि करिब १ सय किलोमिटर सडकको ठेक्का लाग्ने बाँकी रहेकाले समयमै सकिन भने कठीन रहेको आयोजनाले बताएको छ। 

images

प्रकाशित : बिहीबार , साउन १९ २०७९०६:३९

प्रतिक्रिया दिनुहोस