शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

images
images
images
वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड
images
images

काठमाडौं- देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले 'प्रदेशको इमर्जिङ सेक्टर'का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ।

images
images
images

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो।

images

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो।

images

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो। त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।

images
images

यस कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ।

यस कम्पनीले  वर्तमान समयमा ६ लाख ४५ हजार भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजारभन्दा बढि संघ सस्था, बैकं एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजार भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ।

images

प्रकाशित : बुधबार, साउन १८ २०७९०२:३१

प्रतिक्रिया दिनुहोस