शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

नगद लाभांशको लगाम हट्यो, बोनस सेयरको भारी हट्दा बैंक तथा वित्तीय समूहका लगानीकर्ता फाइदामा

बुधबार, साउन १८ २०७९
नगद लाभांशको लगाम हट्यो, बोनस सेयरको भारी हट्दा बैंक तथा वित्तीय समूहका लगानीकर्ता फाइदामा

अब भने बैंकहरुले पुँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै आर्जन गरेको नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले नगद लाभांश वितरणमा रोक लगाउँदा लगानीकर्ता बैंकको सेयर खरिदमा निराश हुँदै आएका थिए। यो निर्देशानसँगै बैंकिङ समूहमा लगानी गर्ने लगानीकर्ता उत्साही हुने छन्। राष्ट्र बैंकको नियमका कारण बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयरको भारी लगानीकर्तालाई बोकाउँदै आएका थिए। 

कोभिड-१९ सुरु भएसँगै नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेको थियो। अब भने बैंकहरुले पुँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। 

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै पुरानो व्यवस्था हटाएको छ। ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो। 

खुद वितरणयोग्य मुनाफा कुल चुक्तापुँजीको ५ प्रतिशतभन्दा कम भएका बैंक तथा वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो। अब भने यस्तो व्यवस्था हटेको छ। 


प्रकाशित : बुधबार, साउन १८ २०७९०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend