शनिबार, वैशाख ८ गते २०८१    
images
images

अपर मर्स्याङ्दी-१ जलविद्युत आयोजनको लागत साढे ३२ अर्ब

images
images
अपर मर्स्याङ्दी-१ जलविद्युत आयोजनको लागत साढे ३२ अर्ब
images
images

काठमाडौं- १०२ मेगावाटको अपर मर्स्याङ्दी जलविद्युत आयोजनमा साढे ३२ अर्ब रुपैयाँ लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय दिँदै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो।

images
images
images

यो आयोजनाको लागि कम्पनीले पहिले १३८ मेगावाट क्षमताको विद्युत उत्पादन हुने गरी स्वीकृत लिँदै वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट समेत तयार पारेको थियो।

images

१३८ मेगावाट क्षमताको आयोजनके लागत भने  ३२ अर्ब ९० करोड अनुमान गरेको थियो। अपर माङ्दी - १ जलविद्युत आयोजना गण्डकी प्रदेशको लमजुङ्ग जिल्ला भएर बग्ने माङ्दी नदीमा प्रस्तावित आयोजना हो।

images

प्रस्तावक अपर माङ्दी पावर कम्पनी प्रालिले विद्युत विकास विभागबाट २०६५ साउन १५ मा सर्वेक्षण अनुमति प्राप्त गरेपश्चात गरिएको सम्भाव्यता अध्ययनले १३८ मेगावाट क्षमता प्राप्त गर्न सकिने निक्योल गरेको थियो। सोहीअनुरुप यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत स्वीकृत भइसकेको थियो।

images
images

अनुमतिपत्रमा उल्लेख भए अनुरुप सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आयोजना सुरु गर्ने क्रममा प्रस्तावित आयोजनाको विद्युतगृहभन्दा तल अर्को प्रस्तावित अपर माङ्दी ए जलविद्युत आयोजनाको बाँधक्षेत्रले प्रभाव पार्ने देखिएको थियो। जसका कारण अपर माङ्दी पावर कम्पनी प्रालिले विद्युतगृहलाई पहिलेको आयोजनाको सीमाभन्दा करिब १.२ किलोमिटर माथि सार्ने निर्णय गरेको थियो।

सोही अनुरुप पुनः विस्तृत अध्ययन भएको थियो। तर, यस अध्ययनले स्थापित क्षमता १०२ मेगावाटमात्र प्राप्त गर्न सकिने निक्र्योल गरेको थियो। जसकार कारण पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको कम्पनीले जनाएको छ। वन तथा वातावरण मन्त्रालयबाट २०७७ चैत १३  मा नै अध्ययन अनुमति प्राप्त भएको थियो।

अपर माङ्दी १ जलविद्युत आयोजना रन अफ रिभर प्रकारको आयोजना हो। जसको संरचनाहरु माङ्दी गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्दछ भने सुक्खाक्षेत्र सोही गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।

आयोजनाको सम्पूर्ण संरचनाहरु माङ्दी नदीको दायाँ किनारामा अवस्थित रहने छन् जसमध्ये हेडवर्क्स क्षेत्र रामबजारमा रहनेछ। विद्युतगृह सिउरुङबेसीस्थित सिउरुङखोला र मादी नदीको सङ्गमस्थलमा रहने रिपोर्टमा उल्लेख छ।

आयोजनास्थल लमजुङ्गको बेसीसहरबाट खुदी, ङादी हुँदै करिब २५ किलोमिटर कच्ची मोटरबाटो पार गरेपश्चात पुग्न सकिन्छ। माङ्दी नदीमा बाँध बाँधेर उक्त पानीलाई डिसिल्टिङ्ग बेसिनमा थिन्याएर ५१४२.२८ मिटर लामो हेडरेस सुरुङ्गमार्फत सर्ज ट्याङ्कमा पुर्याई ४२६.८६ मिटर लामो पेनस्टक पाइपको सहायतामा विद्युतगृहमा झारी १०२ मेगावाट विद्युत उत्पादन गरिने रिपोर्टमा उल्लेख छ।

पानीलाई १९८ मिटर लामो टेलरेसद्वारा पुनः माङ्दी नदीमा खसालिने रिपोर्टमा उल्लेख छ। आयोजनाको निर्माण अवधि ४० महिना रहने छ र उक्त अवधिमा विद्युत उत्पादनसम्मका कार्यहरु गरिने अध्ययन रिपोर्टमा उल्लेख छ।  उत्पादित विद्युतलाई २२० केभी ट्रान्समिसन लाइनमार्फत करिब ६.५ किलोमिटर टाढा रहेको खुदी (तादी कुना) सबस्टेसनमा लगि जडान गरिने र  जसका लागि छुट्टै वातावरणीय अध्ययन गरिने रिपोर्टमा उल्लेख छ।

images

प्रकाशित : बुधबार, साउन १८ २०७९१०:५८

प्रतिक्रिया दिनुहोस