शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

१९ मेगावाट तातोपानी जलविद्युत आयोजनाको लागत ३ अर्ब ४५ करोड

images
images
१९ मेगावाट तातोपानी जलविद्युत आयोजनाको लागत ३ अर्ब ४५ करोड
images
images

काठमाडौं- हनुमान हाइड्रोपावर प्रस्तावक रहेको १९ मेगावाट तातोपानी जलविद्युत आयोजनाको लागत ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ लाग्ने अनुमानसहित वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ। प्रतिमेगावाट लागत भने १८ करोड २० लाख अनुमान गरिएको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि ७ दिनको समय दिँदै वातावरणीय प्रभाव रिपोर्ट सार्वजनिक गरेको हो। जलविद्युत आयोजनको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट नेपाल इन्भाइरोमेन्ट एण्ड डेभलप्मेन्ट कन्सल्ट्यान्ट प्रालिले तयार पारेको हो।

images

यो आयोजना धादिङको दुर्गम क्षेत्रमा रहेको रुबी भ्यालीको वडा नम्बर ४ र ५ मा प्रस्ताव गरिएको छ।रन अफ द रिभर प्रकृतिको आयोजनाको डिस्चार्ज २.४९ घनमिटर हुने रिपोर्टमा उल्लेख छ।

images

वार्षिक ऊर्जा उत्पादन क्षमता १२५ गिगावाट रहेको छ। आयोजनाको नेट हेड ९३५ मिटर र ग्रस हेड ९८० मिटरको हुने वातावरणीय प्रभाव रिपोर्टमा छ।

images
images

हेडवर्क्स, वेयर, डिसेन्डर बेसिन, हेडरेस पाइप, सर्ज ट्यांक, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस क्यानल तथा प्रसारण लाईन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरू हुने रिपोर्टमान उल्लेख छ।

यस आयोजनाको वेयर समुद्री सतहबाट २ हजार ९ सय ९५ मिटरकझ उचाइमा अवस्थित हुनेछ भने टर्बाइन समुद्री सतहबाट २०६० मिटरको उचाइमा अवस्थित हुने रिपोर्टमा उल्लेख छ।  

हेडरेस पाइपको लम्बाइ ४९२१ मिटर र व्यास १.२ मिटर तथा पेनस्टक पाइपको लम्बाइ १८७८.९२ मिटर र व्यास करिब १.० मिटर रहेको यस आयोजनाको विद्युतगृहबाट उत्पादित विद्युतलाई यस आयोजनाको स्वीचयार्डबाट करिब १२ किलोमिटर लामो १३२ केभी प्रसारण लाईन मार्फत नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित बोरङ्ग सब स्टेशनमा जोडिने रिपोर्टमा उल्लेख छ।

यस आयोजनाको विद्युतगृह तातोपानी खोला र हिन्दुङ्ग खोलाको संगमबाट करिब ४ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको क्षेत्र निर्धारण तथा कार्यसूची प्रतिवेदन स्वीकृत हुँदा आयोजनाको क्षमता २६ मेगावाट रहेको थियो भने वातावरणीय प्रभाव मूल्याङ्कनका क्रममा प्राविधिक कारण आयोजनाको क्षमता १९ मेगावाटमा घटाइएको रिपोर्टमा उल्लेख छ।

images

प्रकाशित : बुधबार, साउन १८ २०७९०७:१०

प्रतिक्रिया दिनुहोस