शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ब्रोकर कम्पनीबाट सेयरकर्जा दिने बाटो खुल्यो, मार्जिन कारोबार गर्न राष्ट्र बैंकको अनुमति

बुधबार, साउन १८ २०७९
ब्रोकर कम्पनीबाट सेयरकर्जा दिने बाटो खुल्यो, मार्जिन कारोबार गर्न राष्ट्र बैंकको अनुमति

काठमाडौं- नेपाल राष्ट्र बैंकले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राली (ब्रोकर नं. ५५) लाई मार्जिन कारोबारका लागि कर्जा प्रदान गरेको छ। अब लगानीकर्ताहरूले सेयर कारोबारका लागि ब्रोकरमार्फत नै कर्जा लिन सक्नेछन्। 

भृकुटी स्टक ब्रोकरले नेपाल स्टक एक्सचेन्जमार्फत मार्जिन कारोबारका लागि कर्जा प्रदान गर्न अनुमति माग गरेअनुसार राष्ट्र बैंकले साउन १६ गते कम्पनीलाई मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति दिएको हो।

नेप्सेको सिफारिस बमोजिम नेपाल धितोपत्र बोर्डको नीति निर्देशन एवम् नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट जारी मार्जिन कारोबारसम्बन्धी कार्यविधि २०७५ अनुसार तोकिएका प्रावधानका सीमाभित्र रही तथा अन्य प्रचलित कानूनको परिपालना भए नभएको नेप्सेबाट यकिन गर्ने गरी नपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम मार्जिन कारोबारका लागि कर्जा प्रवाह गर्ने अनुमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : बुधबार, साउन १८ २०७९०५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend